१३ कार्तिक २०८३, शुक्रबार

८५ बर्षीय बाबुलाई लिएर ओली बागमती नदी सफाइमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bagmati-kp2

काठमाडौँ, २८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८५ बर्षीय पिता बाबुलाई लिएर बागमती सफाइ महाअभियानमा होमिनुभएको छ ।

८५ बर्षीय पिता मोहनप्रसाद ओली र पत्नी राधिका शाक्यका साथ एमाले अध्यक्ष ओली बागमती सफाइ महाअभियानमा सहभागी हुन काठमाडौँको थापाथली क्षेत्रमा पुग्नुभएको हो । बाग्मती नदी नेपालको सभ्यता भएकाले त्यसको संरक्षणमा प्रतिबद्ध भएर सारा नेपाली लाग्नुपर्नेमा उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले फोहरमैलाको समुचित व्यवस्थापन गरेर मुलुकवासी र विश्वलाई नयाँ नै सन्देश दिनुपर्ने विचार व्यक्त गर्दै स्वच्छ वातावरण भए देशको गौरव र प्रतिष्ठा बढ्ने बताउनुभयो ।

नेपालको सभ्यता बाग्मतीको सभ्यतासँग गाँसिएको बताउँदै उहाँले सफाइ अभियानलाई निरन्तरता दिनसमेत आग्रह गर्नुभयो । अध्यक्ष ओलीका साथमा पार्टीका शीर्ष नेताहरु पनि सहभागी थिए ।

Bagmati-uml1

थापाथली क्षेत्रमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका मुख्य सचेतक अग्नि खरेल, एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।

Bagmati-Kp-oli

एमाले नेता माधवकुमार नेपाल भने शान्तिनगर हुँदै शङ्खमूल क्षेत्रमा सहभागी हुनुभयो । पूर्व प्रधानमन्त्री नेपालले बाग्मती नदी सफाइ जस्तै मुलुकभरिका अन्य नदी पनि सफा गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।