काठमाडौँ, २८ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आन्दोलनकारी शक्ति र सरकारको नेतृत्व गरेका राजनीतिक दल बाग्मती सफाइ महाअभियानमा सहभागी भएर देखाएको ऐक्यबद्धता संविधान निर्माणमा समेत कायम हुनुपर्नेमा जोड दिनुभयो ।
महाअभियानमा लागेकालाई हौस्याउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसहित कोपण्डोल पुग्नुभएका अध्यक्ष नेम्वाङले बाग्मती सफा गर्न निर्मित मानव साङ्लोझै संविधान निर्माणका लागि दललाई पनि एकजुट हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘आज जसरी मानव साङ्गो बनेको छ, त्यो सिंहदरबार र संविधानसभा भवनबाट टाढा छैन, यो एकताको सन्देश संविधान लेखनका लागि पनि बनाउन म सबै राजनीतिक दललाई आग्रह गर्दछु ।’’
बाग्मतीलाई सफा गर्न आवश्यक पर्ने नीति निर्माणमा सहयोग गर्न आफू तत्पर रहेको भन्दै अध्यक्ष नेम्वाङले नदीको फोहर उठाउने र फेरि फाल्ने प्रवृत्ति सधैँका लागि अन्त्य गर्न जरुरी भएको बताउनुभयो ।
बाग्मती मात्र नभई मुलुकका सहरी क्षेत्रका अन्य नदीनालाको सफाइमा पनि सबैको ध्यान जानुपर्ने विचार व्यक्त गर्नुभयो । रासस




![;+ljwfg;efsf cWoIf ;'jf; g]Djfªn] afudtL ;kmfO dxfcleofgdf ;+jf]](https://www.dainiknepal.com/wp-content/uploads/2015/04/bagmati-safai-subash-nemwang-650x365.jpg)








प्रतिक्रिया