काठमाडौं, २६ चैत । नेपाल भ्रमणमा रहेको यूरोपियन युनियन (ईयू)को संसदीय टोलीले प्रमुख विपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ ।
लाजिम्पाटस्थित दाहालको निवासमा आज बिहान भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण र अन्य विविध पक्षमा छलफल भएको हो ।
दाहालको निजी सचिवालयका अनुसार ईयूका सदस्यहरूले नेपालका राजनीतिक दलहरू मिलेर छिटो संविधान बनाउँदा राम्रो हुने सुझाव दिएका छन् ।
बेलायतको ग्रिन पार्टीकी साँसद जीन ल्याम्बर्टको नेतृत्वमा रहेको चार सदस्सीय प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई सहमतिमा संविधान निर्माणमा जुट्न आग्रह गरेको छ ।
प्रतिनिधिमण्डलमा क्रिष्टियन ड्यान प्रेडा, अफजल खान र थोमस म्यान छन् । जीन ल्याम्बर्टले यसअघि पनि नेपालका माओवादीका साथै विभिन्न दलहरूसँग भेटवार्ता गरिसकेकी छिन् ।












प्रतिक्रिया