१३ कार्तिक २०८३, शुक्रबार

घाइते कार्यकर्ताको प्रचण्डलाई प्रश्न-‘हामीलाई सडकमा पठाएर आफू घरमा बस्ने ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UCPN (Maoist) Chairman Visits to See Injured Party Workersकाठमाडौं, २५ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आमहड्तालमा घाइते भएका ३० दलिय मोर्चाका कार्यकर्तालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मंगलबार आमहड्तालको क्रममा बन्द गराउन हिँडेका मोर्चाका कार्यकर्ता र सुरक्षामा खटिएका प्रहरीबीच झडप हुँदा एक दर्जन बढी कार्यकर्ता घाइते भएका थिए ।

Dahal Visits Teaching Hospital to See Party Workersशिक्षण अस्पतालमा उपचार गराइरहेका मोर्चाका कार्यकर्तालाई संयोजक समेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले बुधबार विहान भेट गरेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

घाइतेको अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका प्रचण्डलाई कार्यकर्ताले आफ्नो सुरक्षा गर्न माओवादीले पहल नगरेको गुनासो गरेका छन् । उनीहरुले भनेका छन्-‘हामीलाई सडकमा पठाएर आफू घरमा बस्ने ? हाम्रो सुरक्षा किन गर्नुभएन ?’

प्रचण्ड शिक्षण अस्पतालबाट जवाफ नदिएरै सिधै लाजिम्पाट निवास गएका थिए । घाइतेहरुले शिर्ष नेताहरु आन्दोलनमा नआएको भन्दै दुःख लागेको बताएका छन् । प्रचण्डले शिक्षण अस्पतालका डाक्टरलाई घाइतेहरुको उपचारमा ध्यान दिन आग्रह गरेका थिए ।

तस्वीर : रासस