२९ आश्विन २०८३, बिहिबार

सामसुङ मोबाइल एक्स्पोको तयारी पुरा, उपभोक्तालाई छुटैछुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

New Logoकाठमाडौं, २५ चैत । आगामी चैत २७ बाट राजधानीको सिटिसी मलमा हुने सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पोको तयारी पुरा भएको छ । स्टल सबै तयार भइसकेका छन् भने एक्स्पो अबधीभर बिक्री बितरण गरिने मोबाइल, एशोसरिज लगायत मेलामा गर्नुपर्ने सम्पूर्ण तयारी पुरा भएको सिटिसी मोबाइल बजारका महासचिब केशबराज लुइँटेल जानकारी दिनुभयो ।

चैत २७ देखि बैशाख ५ गतेसम्म चल्ने यो मेला सिटिसी मोबाइल बजारले आयोजना गर्न लागेको हो । सिटिसी मललाई इलेक्ट्रोनिक्स हबको रुपमा प्रबद्र्धन गर्न तथा नयाँ बर्षको अबसर पारी गरिन लागेको यो मोबाइल मेलामा निशुल्क प्रबेशको ब्यबस्था गरिएको छ ।
नेपाली मोबाइल बजारको क्षेत्रमा फरक गन्तब्यको रुपमा हेरिएको यो मोबाइल बजारले मलको तेस्रो, चौथो र पाँचौ तल्लामा मेला गर्न लागेको हो । मेलामा सहभागी बिभिन्न पसलले पनि उपभोक्ताका लागि आ–आफ्नै किसिमले छुट अफर ल्याएका छन् ।

– उपभोक्तालाई छुटैछुट

“सुचना प्रबिधीको नयाँ आधार, सबैका लागि सिटिसी मोबाइल बजार” मुख्य नाराका सथा सुरु गर्न लागिएको यो एक्स्पोमा “नझुक्याउने पक्का पर्ने” ग्राण्ड अफरहरु रहेका छन् । हरेक घण्टामा ५५ प्रतिशतको क्यास ब्याक अफर, प्रत्येक मोबाइलको खरिदमा ८ देखि ५५ प्रतिशत सम्म छुटको ब्यबस्था गरेको छ । लक्की ड्र गरी दैनिक ५ वटा मोबाइल बितरण गरिने ब्यबस्था मिलाइएको छ ।
– एसएलसी दिएकालाई बिशेष अफर

यसैगरि एसएलसी दिएर बसेका बिद्यार्थीहरुलाई प्रबेश सँगै लक्की ड्र को ब्यबस्था गर्दै दैनिक एक वटा मोबाइल लक्की ड्र गरि बितरण गरिने छ । यसका लागि बिद्यार्थीहरुले एसएलसीको प्रबेशपत्र अनिबार्य ल्याउनुपर्ने छ ।

– एनसेलको पनि अफर

टेलिकम्युनिकेशन सेवा प्रदायक संस्था एनसेलले एक सीम किन्दा अर्को सीम सित्तैमा दिने ब्यबस्था मिलाएको छ भने केहि उपहार किट पनि बितरण गर्ने भएको छ ।

– एकैपटक धेरै कम्पनीको उपस्थिती र प्रायोजन

अहिलेसम्मकै मेला, महोत्सबको भन्दा फरक यो पटक भने सबैभन्दा बढी मोबाइल कम्पनीहरुले प्रायोजनमा साथ दिएका छन् । यो मेलालाई १९ वटा मोबाइल कम्पनीहरुले बिभिन्न तहबाट प्रायोजनमा साथ दिएका छन् ।

मेलाको मुख्य प्रायोजन सामसुङ ग्यालेक्सी जे १ ले गरेको छ भने पानासोनिक स्मार्टफोनले एक्स्पोमा सहकार्य गरेको छ । माइक्रोम्याक्स, कलर्स र जियोनी मोबाइलले यस मेलालाई सह—प्रायोजन गरेका छन् । यसैगरि एक्स्पोको गोल्ड स्पोन्सरमा हुवावे मोबाइल रहेको छ भने ब्रोन्ज स्पोन्सरमा एलजी, इन्टेक्स, रेज, किन्जीन्डा मोबाइल रहेका छन् ।

यस्तै एक्स्पोको को—स्पोन्सरमा स्पाइस, सोनी, वीनकम—फ्लाई, भिडियोकोन मोबाइल रहेका छन् । यसैगरि उपहार पार्टनरमा डाइमण्ड, सेल्कन, कार्बन, आर्क र बर्ड मोबाइलले साथ दिएका छन् । टेलिकम पार्टनरमा एनसेल, एसएमएस पार्टनरमा स्पारो, बैंकिङ् पार्टनरमा सिभिल बैंक रहेका छन् भने इभेन्ट म्यानेजमेन्टमा एडप्ट एडभरटाइजिङ एजेन्सी रहेको छ । यसैगरि टेलिभिजन पार्टनरमा हिमालय टिभी रहेको छ ।

– नयाँ मोबाइल र प्रबिधी

एक्स्पोको दौरान सामसुङ, माइक्रोम्याक्स, कलर्स, जियोनी, बर्ड मोबाइल लगायतले आफ्ना नयाँ मोबाइल मेलाको समय पार्दै लंच गर्ने घोषणा गरिसकेका छन् । दर्जन बढी मोबाइल लंच गरिने यो मेलामा यसको अलाबा आधुनिक प्रबिधीका मोबाइल, ट्याब्लेट, फ्याब्लेट, आइप्याड, आइफोन तथा मोबाइल एशोसरिजको बिक्री बितरण हुने छन् ।

– सस्तो देखि महंगो मोबाइल

मोबाइल बजारले गर्न लागेको यो मोबाइल एक्सपोमा १ हजार रुपैयाँ देखि १ लाख रुपैयाँसम्म पर्ने नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटहरु बिक्री बितरण हुने छन् ।

– कुन तल्लामा के छ ?

मोबाइल एक्स्पो संचालन हुने बजारको तेस्रो तल्लामा फुडकोर्ट, गेमिङ जोन, टच एण्ड फिल जोन, फेस पेन्टिङ लगायतका स्टल रहने छन् । चौथो तल्लामा ५० भन्दा बढी मोबाइल पसल रहने छन् भने चारै कर्नरमा बिभिन्न कम्पनीले आफ्नो स्टल राखी अबलोकनकर्तालाई आफ्ना प्रडक्टका बारे जानकारी दिनेछन् ।

यसैगरी पाँचौ तल्लामा ४० भन्दा बढी मोबाइल स्टल रहने छन् भने पानासोनिक र कार्बनको सर्भिस सेन्टर रहने छ । यस्तै सिटिसी मलको ग्राउण्ड फ्लोरमा बिभिन्न कम्पनीले टच एण्ड फिल गराउँदै मेला अबधीभर मनोरंजनात्मक गेम खेलाउने तथा आ—आफ्ना उत्पादनको जानकारी दिनेछन् ।

– एसएलसी परीक्षामा उत्कृष्ट हुने दुईजनालाई पुरस्कृत गरिने

एसएलसी दिएर बसेका बिद्यार्थीहरु मध्ये उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई ५० हजार भन्दा बढीको
स्मार्टफोन बितरण गरिने छ ।

– छात्रबृतिको घोषणा

सिटिसी मोबाइल बजारले मुनाफा रकमबाट केही बचाएर ५ जनालाई १ कक्षा देखि १० कक्षासम्म निशुल्क पढाउने छात्रबृति योजना ल्याएको छ । यो छात्रबृति योजनाको नाम “सिटिसी मोबाइल बजार छात्रबृति योजना” रहने छ ।

छात्रबृतिका लागि छात्र छात्राको पहिचान सिटिसी मोबाइल बजारले गर्ने छ । मेला अबधीमा भरपुर फाइदा लिन सम्पूर्ण उपभोक्तालाई सिटिसी मोबाइल बजारले आब्हान गरेको छ ।