३० आश्विन २०८३, शुक्रबार

अछामको कमलबजारमा एउटा गज्जबको दृश्य…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopter-fly

काठमाडौं, २५ चैत । अछामको कमलबजारमा मंगलबार गज्जबको दृश्य देखियो । काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको हेलिकोप्टर सँगसँगै एक प्रहरीको टोपी पनि सँगसँगै उड्यो ।

हेलिकप्टरमा थिए, एमालेका नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल । उनीहरु अछाम क्षेत्र नम्बर २ को पार्टीको कार्यक्रममा भाग लिन हेलिकप्टरमार्फत आएका थिए । यो दृश्य उनीहरु फर्कने बेलाको हो ।

यो दृश्यलाई त्यहाँ उपस्थित सबैले निकै रोमाञ्चक मानेर हेरे । त्यही बेला अछामका पत्रकार शिवराज ढुंगानाले तस्विर खिचिहाले, अनि फेसबुकमा अपलोड गरे ।

उनले भनेका छन्–‘ हेलिकप्टर काठमाण्डौं पुगेपनि टोपी भने कमलबजार मै रह्यो ।’ भनिन्छ्, तस्वीर आफै बोल्छ, यो तस्वीरले पनि एउटा रोमाञ्चक क्षण झल्काइरहेको छ ।