काठमाडौँ, २४ चैत । कार्यकर्ताहरु सडकमा बन्द, हड्तालमा उत्रिरहँदा एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई भने सामाजिक सञ्जालमा व्यस्त छन् ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट आफूहरुले गरेको आमहड्ताललाई बाबुरामले जायज भनिरहँदा उनीमाथि सयौँले तथानाम गाली समेत गरेका छन् । एमाओवादीभित्र बौद्धिक नेता भनिएका बाबुरामको फेसबुकमा उनले लेखेको स्टाटसको समर्थन भन्दा पनि पढ्नै नसक्ने गाली बढी छ । ट्वीटरमा पनि सर्वसाधारणले उत्तिकै प्रतिवाद गरेका छन् ।
अझ सबैभन्दा रोचक त दुईबर्ष अघि प्रधानमन्त्री भएका बेला भट्टराई आफैले ‘बन्द र हड्तालको विकल्प खोजौँ ‘भन्ने अपिल गरेका रहेछन्, अहिले सर्वसाधारणले फेसबुकमा उनको दुईबर्षअघिको त्यही ‘स्टाटस’लाई ‘ट्गाय’ गरिदिएर उनलाई जिस्काएका छन् ।
एकल जातिय राज्यको वकालत गर्दै एमाओवादी नेतृत्वको मोर्चा सडकमा आए पनि डा. भट्टराईको फेसबुकमा बन्द र हडतालको विरोध गर्नेमा अधिकांश जनजाति समुदायका सर्वसाधारणहरु छन् ।
डा. भट्टराईको फेसबुक स्टाटस यस्तो छ:
आज चैत्र २४ ! ऐतिहासिक जनआन्दोलन दिवस !
आजैका दिन २०४६ सालमा तत्कालीन क्रान्तिकारी वामपन्थीहरुको मोर्चा ” संयुक्त राष्ट्रिय जनआन्दोलन” ले निरंकुश राजतन्त्रात्मक पंचायती व्यवस्थाका विरुद्ध देशव्यापी आम हड्तालको आयोजना गरेको थियो र त्यस दिनको जनउभारको सागरले अन्तत: निर्दलीय पंचायती व्यवस्थालाई बढारेर देशमा बहुदलीय व्यवस्थाको सूत्रपात गरेको थियो !
आजैका दिन २०६२ सालमा तत्कालीन नेकपा(माओवादी) र ७ दलीय मेर्चाले संयुक्त रुपमा राजतन्त्रका विरुद्ध अनिश्चितकालीन आम हड्तालको शुरुवात गरेका थिए, जसको १९ दिनपछि राजतन्त्र जनता सामु झुक्न बाध्य भएको थियो !
आज ठीक २५ बर्ष पछि ती ऐतिहासिक आन्दोलनका उपलब्धीहरु – गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी समानपातिक लोकतन्त्र – लाई संविधानसभा मार्फत संस्थागत गर्न अहिले सत्तामा बसेकाहरुलाई दवाव दिन अर्को ३ दिने आम हड्तालको आयोजना गर्नुपर्ने अप्रिय तर वाध्यात्मक अवस्था सिर्जना भएको छ !
त्यसैले हिजोको आम हड्ताल ठीक तर त्यसैको निरन्तरतामा भएको आजको आम हड्ताल बेठीक भन्न मिल्छ र?
तर, जबाफहरु यस्ता आएका छन्, अभद्र गालीबाहेकका केही जबाफहरु सम्पादन नगरी जस्ताको तस्तै प्रस्तुत गरेका छौँ:
तपाइहरुले जुन बन्द र तोड्फोड गर्नु भाको छ के यहि हो परिवर्तन???????
– कृष्ण पौडेल
बाब्राम: “यो कस्तो खाना बनायौ , बिल्कुल गोबर जस्तो।”
हिसिला: “हे भगवान ! यो मुन्छेले त , हर चिज चाखेरै छोडछ “
– प्रभु सापकोटा
भदौमा आखा फुटेको डिँगा सधै हरियो
– लोक श्रेष्ठ
सबै नेताहरुले केही सही केही गल्ती गरेका छन । तर यहाँ सवाल छ कतीका लागि सही र कतिका लागि गलत । कुर्सी मोह शुसिल, ओली, प्रचन्डमा पनि छ, बाबुराम र गच्छदारमा पनि छ । हामी जनता पक्कै नेपाल सम्रिद्ध र बिकशित बनेको देख्न चाहन्छौ । तर दल र दलका नेताहरुको यस्तै तरिकाले देश सम्रिद्ध बन्छ ? कहिले सम्म युवाहरुले बिदेसीको गुलामी गर्ने ? हामीले सही कामलाई समर्थन गर्न र गलतलाई गलत भन्न सक्नै पर्छ ।
– अनुप लिम्बु लिंगदेन
के सकारात्मक परिबर्तन गरेउ ह तिमीहरुले खै भन त एउटा !
जतिखेर पनि परिबर्तन, परिबर्तन ,परिबर्तन…
– आरबी हुमन
यो राम्रो शुरुवात हो- नेपालमा अब बन्द हड्ताल र त्यसका आयोजक पार्टी विच व्युत्क्रमानुपातिक(inverse proportional) सम्वन्ध छ।(न्युटनको चालको तेस्रो नियम)
… जुन गति र फ्रिक्वेन्सीमा वन्द हड्ताल सोहि अनुपातमा तिन्को लोकप्रियतामा क्षयीकरण।
– किरण गौतम
नाम र काम उस्तै उस्तै, आतंककारी हरुको आतंक को निच हर्कत हो यो ! तिमीहरु चोर, लुटेरा र भगौडाहरुलाई जंगल नै ठिक छ ! तिमीहरु लाइ जेल को सजाय पनि कम हुन्छ ! जुन दिन तिमीहरुको अन्त्य हुन्छ त्यो दिन देश रनेपाली जनताले शान्तिको सास फेर्न पाउनेछन ! ३दिन पछि तबन्द सकिन्छ अनि तिनै काम गरेर खाने निमुखा जनताको अगाडी कुन मुख देखाएर जान्छस !हुनत लाज ,सरम , देश र जनताको माया भएपो ! आतंककारी हरु
– निरज सुवेदी
अनि अाम हडतालकाे फाईदा त तिमी नेता हरू लाई र तिमा् नाता गाेता लाई भयाे नित??? जनता लाई त महगाई र बेराेजगार कि के दिने।।।।।।
– भट्टराई महेश
२०४६ को जनआन्दोलन संग तुलना गर्न लाज लाग्दैन डा. `र´ को ऐजेन्ट ।
– मधु लम्साल
१००% सहि छ केहि पाउन त केहि
गुमाउनु नै पर्छ नि हजुर
केहि राम्रो गर्न खोज्दा केहि हल्का नराम्रो त भइ हाल्छ नि..
बन्दको विषय लिएर विरोध गर्नेहरुले सबै कुरा बुझेर पनि बुझ पचाउन खोजेको अवस्था.
– बिना राई
इतिहास प्रचण्डसंग डराएको र बाबुरामसंग आश गरेको थियो । ख्याल गर प्रचण्ड बिर्सिइन सक्छन् तर तिमी राष्ट्रको नालायक कपूतको रुपमा युगौं सम्झिइरहनेछौ । अर्थमन्त्री, प्रधानमन्त्री भैसकेर देश बुझेको मान्छेलाई नेपाल बन्द गरेर जनता मार्न अलिकती सकस लागेन ? सम्बन्धबिच्छेद गर प्रचण्डसंग र शुरु गर शान्ति र विकासको राजनीति
– पुण्य सुवेदी
जे होस् बाबुरामबाट एउटा कुरा चाँहि सिक्नै पर्छ । जनताका छोराछोरीलाई दुख दिए तापनि आफ्नी छोरी चाँहि पढाए ।
– तीर्थराज ढकाल
देश लाई बर्बाद पारेर अधिकार र पहिचान प्राप्त भएपनी भोली त्यस्ता अधिकार र पहिचानको के अर्थ रहन्छ र?
– नारायण बी श्रेष्ठ
आम हडताल गरेर जनतालाई दूःख दिनु र अर्थ तन्त्रलाई धक्का दिनुभन्दा प्रचण्ड,ठाकुर जी, गच्छदार जी आमरण अन्सनमा बस्नुभयो भन्ने सरकारको गम्भीर ध्यानाकर्षण चाँडै हुन्थ्यो र जनताले पनि दुख झेल्नु पर्दैनथ्यो । साथ साथ देश भक्तिको एउटा नमुनापनि प्रस्तुत हुन्थ्यो ।।
– प्रवीन झा
मरे हुन्छ सबै जना । तपाई जस्ता नालएकको काम छैन देशमा ।।
– प्रभु सापकोटा
बाबुरामजी यो एेतिहासीक आन्नदोलन भनेको के हो जहीले एेतीहासीक आन्दोलन भन्यो खुल्काउने केहीहोईन जन्तालाई गोरू बनायर जहीले जोतेको जोतेई यदी सॉच्चै पढेलेखेको र मानवता भयको मानीसहो भने यो एेतीहासीक भन्ने शब्द ननीकाल्नु सुहाउदैन पनी तिमीहरु जस्ता चोरका खल्तीहरूको मुखमा ok understand !!!!!
– अक्कल पुन
माअाेबादीले गरेको त सबै राम्रो हुन्छ नी दिनभरी पसिना बगाएर बेलुकाको छाक टार्न बाध्य ति गरिब र निमुखा जनताको त्यही गास पनि खोसेर ठुलो धर्म गरेको छ माअाेबादीले यी अत्याचारको परिणाम त एक दिन अबश्य नै भोग्नुपर्छ माअाेबादीले……
– भक्त शिवजीको
बन्दकर्ताहरुलाईअनुरोध- बन्दको कार्यक्रम एउटा नाटक मात्र हो। आजको बन्दको नेतृत्व गर्ने हिजो सरकारमा हुदा तपाईलाई यसरी नै बन्द गर्न बाध्य पार्थ्यो । बन्दको नेतृत्वमा आजका सत्तारूढ थिए। कृपया जानी जानी आफ्नो भबिष्य अन्धकार नपारौं। भोलि यी टाउकेहरु मिल्छन र तपाईंलाई लोप्पा ख्वाउछन्। विगतको यथार्थ यस्तै हो। आन्दोलनमा गएर ज्यान गुमाउनु भन्दा बरु हालका एउटा नेता मारेर जेलमा बस्नुस सारा नेपालीको धर्म लाग्छ। सत्य तितो लाग्छ।
– सन्तोष रिजाल
जनताका छोराछोरीलाई दुख दिए तापनि आफ्नी छोरी चाँहि पढाए ।
– कार्की हेमजंग
डाक्टर बाबुरम यदी सोच्नु बयको छ जनता हाम्रो पछेअ मा चन वन्नी यो गलत हो कीन वनी ऐइएल हजुर हरु को अएजेन्दा नै गलत छ तेसैल यो माइल जाने जती ता नेपाली जनता ले मओवदी लाए चाहेकै छैन यदी अत्रो जनता ल साथ दीअका चन वन्नु हुन्छ वनी यो गलत हो कीन वनी मोवदी को अयजन्देअ ला नेपाल का ८०% जनता सहमत छैनन तेसैल यदी मावदी लाए पाटन बनौन चाहने वएअ मात्र बन्द गर्नु होला यदी राम्रो चाहने हो वानी चुप्प लायरा बस्नु
– शर्मा गैरै प्रवीण
जनता ले माग गरेको सम्बिधान नबने सम्म आन्दोलन गर्नै पर्छ
– टोल थापा
आम हड्ताल हिजो पनि बेठिक आज पनि बेठिक। जुलुस-नाराबाजी ठिक। हिंसा बेठिक। जनचेतनामुलक कार्यक्रमहरु ठिक। भिजिलान्ते शाशन लागु गर्न खोज्नु, लौरा-भाटा बोकेका तपाईका कार्यकर्ताले जनता आतंकित पर्ने काम बेठिक। अनि तपाइले कुरा मिलाउन खोज्ने तर घुमाई घुमाई समाजमा पुरानै हठबुद्धि लादन खोज्ने र हिंसाको बिकल्पै छैन भनेर जनतालाई फेरि भेडा बनाउन खोज्ने प्रयत्न बेठिक।
– श्याम शर्मा
एतिहासिक विकास दिवस कहिले हो डाँ साहव? माओवाद ले नेपालमा आफ्नो छवि पहिचान बन्द हडताल आरज्क्ता आतंकवाद जस्तो पहिचान बनाउन सफल भएको छ ।
– प्रवीण झा
त्यसो भन्दापनि देश टुक्राउने दिवश वा रातारात अरबपती दिबश भनेर मनांउदा कसो होला।
– क्षेत्री महेन्द्र
यो आन्दोलन पनि ठीक हो कमरेड, यहि आन्दोलनले तपाई जस्ता धुन्धकारिको समाप्ति अन्तिम अन्तिम बिन्दुमा पुर्याउने छ।
– आत्मराम कोइराला
आखिर के चाहान्छाै…ऐ बाबुराम !
हाम्रो देश नेपाल बाट.?
तेरो देश कुन हो.?
कुन देश को बासि हाै ?
सधै किन हलचल मचाउछाै .?
किन रूवाउछाै नेपाल आमालाई..?
हेर बाबुराम त मर्ने बेलामा तेरो लास आर्यघाट सम्म पुगेछ भने मेरो अनुहारमा थुक्नु”
किन कि म सच्चा नेपाली हो नेपाल मेरो मुटुको ढुकढुकी हो” याद गर”
– राकेश खजुम
बाबुराम जी तपाई ले पी.यच.डी. नेपाल बन्द गर्नको लागी गर्न भएको हो की !
– मात्रिका खनाल
पहिलेको आन्दोलनले मावोबादिलाई राजनितिमा स्थापित गर्यो तर यो बन्द जस्ता हर्कत गर्न
– दीपक थापा
नेपालीकाे कलङ्क बावुराम
– उपेन्द्र दाहाल
अाफ्ना छाेरा छाेरी नाम चलेकाे स्कुल क्याम्पस मा पढाउदै हामी अादिबासी जनजाती लाई बुर्बबुजा शिक्षा बाहिस्कार गराै भन्दै हाम्रा छाेरा छाेरी काे हातमा बन्दुक भिराउने यीनै माअाेबादि हैनन….. खै बुझेकाे
– उदय लिम्बु
जङली हरुको असली रुप
– नेपाली सुवास गौतम
मधेस टुक्र्याएर भारतको सेवा गर्ने पहाड्लाइ टुक्र्याएर जात जात बिचमा लाडाइ लगाउने यो बन्द प्रती जनताको समर्थन छैन ! घरमा आगो लगाएर आङ तताउने हरुलाइ जनता ले चिन्नु पर्छ ।
– शिव ढुंगेल
तपाईले त डाक्टर उपाधी त लिनु भयो तर अब देश र जनतालाई दुख दिने डाक्टर उपाधी पनि लिनुस र अझै दुख दिने काम गर्नुस।
– महेन्द्र बास्तोला
पहिले माओबादिमा सम्भावना देखे अनि आफ्नो कुनै स्वार्थ पुरा गर्न को निमित्त पछि लागेका भुइँ फुटुवाहरु अहिले तिनिहरु नै पो ठुलो ठुलो स्वर मा कराउँदै छन् । वास्तवमा जो जस्ले नेपाल को आम परिवर्तनको चहाना राखेको छ उस्ले जहिले पनि र जस्तो स्थितिमा पनि पूरा गर्न को निमित्त लागि परेकै छ। तकि तिमिहरु जस्तो छेपरो ले रंग फेरे जस्तो गरि दुई रुप देखाउने जनता भनौदा हरुले गर्दा यहाँ हजारौं जनता ले आफ्ना अस्तित्व गुमाउनु परेको छ। र यो देश नेपाल नेताले हैन वास्तवमा भन्नु पर्दा तिमीहरु जस्ता भुइँ फुटुवा जनताहरुले आफ्नो सानो स्वर्थ को निम्ति सयौं जनताको भवितव्यता मथि खेलवाड गरीरहेको छौ।
– नरेश सोताङ
हे मुर्खा नेताहरु हो
तर्क हैन कुतर्क हो जे बोल्दैछौ आज
फेरी वन्दै किन गर्नु लाग्दैनकी लाज
भोकै कती राख्छौ फेरी गरी खाने लाई
सक्छौ तिमी भोकै बस्न रत्न पार्कमा आइ ?
तीन तीन दिन भोकै राख्ने गरीबका छोरा
के राजनिती गर्छौ नेता उघ्रबादी मोरा
सक्छौ भने बस आफैँ भोकह्डतालामा आज
जनता लाई दुख दिंदा लाग्नु पर्छ लाज
– अधिकारी ओमकार
नेता जि बिर्सिन्नहुने कुरा हिजो सरकार बाट पिडित हामी हजुर हरु को पछी लागेको । । । । आज फेरी हजुर हरु बाट हरेक दिन हुने बन्ध हद्ताल बाट आजित भएर हजुर हरु को बिरुध मा सड्क म आउनु नपरोस है
– सुजित कार्की
बन्द हड्ताल हैन बाबुराम सर!!! अब कि वार कि पार गर्नु पर्यो!!! तब बोल्ति बन्ध हुन्छ सबैको!!!
– जबेगु रविन
अहा ! कस्तो टिपोट ! नेपाली काङ्ग्रेस् त्यति खेर दुलो भित्र लुकेको थियो ,हगि डाक्टर साहब? साचो कुरा लुकाउनु नै त साम्यवाद हो ,होइन त कमरेद महोदय?
– नारायण भट्टराई
निलो प्लेटमा घुइकिने बिदेशी प्रभुहरुलाई कुनै असर नहुने तर नेपाल भित्र नेपालीलाई नै काम र हिड्डुल समेत गर्न नदिएर, नेपाल भित्र नेपालीलाई नै दोस्रो दर्जा को नागरिक बनाउन उद्दत बिदेशीका दलाल माओबादी, मधेसी मोर्चा र जातीबादी पार्टीहरुको भन्डाफोर र बहिस्कार गरौ। यीनीहरु सबै आइएस आइएस र बोको हरामका नेपाली सस्करण हुन्।
– जागरुक नेपाली
मुर्ख डाक्टर ।
– सुमन घिमिरे
य राक्षस हो कति कति दु, ख दिनछौ१दिन तिमीहरु यो पृथ्वी मा बास पनि नपाउला
– ज्ञवाली दिलु
अाजकाे बन्दलाई अामहडताल भन्न मिल्दैन महाशय ! हडताल गर्ने अनेकाै उपाय छन्, जनतालाई शास्ती दिएर, जनताकै नाेक्सान हुने गरि, जनताकै धनजनको क्षति हुने गरि गरीने कस्तो हडताल हाे? सम्बन्धित निकायमा मात्र दबाब सिर्जना हुने गरि हडताल गर्न सकिँदैन ? अनि, के हडताल मात्रै समस्याको निकास हाे त ? के जनताले यस्तै व्यवस्था चाहेका हुन ? जवाफ दिनुहोस् Dr. Baburam Bhattarai ज्यू ।
– भरत अनमोल पाण्डे
डा० साँप! सक्छौ भने सिँहदरबार बन्द गर, बालुवाटार बन्द गर, बल्खु दरबार बन्द गर, सानेपा बन्द गर, पुल्चोक बन्द गर, किन सोझा साझा गरिब निमुखा जनताहरुलाई गरी खानु दिँदैनौ?
– टीबी गुरुङ
जनसागर उतार न त… कसले छेक्या छ?
गरिवमारा बन्द फिर्ता गर …
जनता उतार्न सकेनौ …
तर्साएर आत्मरति लिन खोजिरहेछौ …
बेईज्जत भईसक्यो, डा साब …
– दामोदर रिजाल
हरताल त गर्नु पर्छ हामिले साउदीमा एकदिन हरताल गरेर १५० रियल बढाउने निर्णय कम्पनीले गरेको छ। नेपामा नि जनतालाई फाइदा हुने आन्दोलन हरताल गर्नुपर्छ ।सेबास
– देन्जेल पुन
ठिकै हो देश र जनताको लागि लडाईँ गर्ने हरूले दुख पाउनुपर्छ त्यो दुख एक दिन जनताले बुझ्ने छन !!
– टेकसिंह चन्द
अात्महत्या गर्नुस बाबुराम जि।।।तपाईं ले सोचेजस्तो हँदैन।
– जीवन श्रेष्ठ
बाबुराम जि तपाइको आन्दोले तपाईं लाई बादानाम बानाइ राछ ।
– सुविन ज्ञवाली
यो पनि पढ्नुहोस:
बाबुराम भट्टराईको तर्कको ईश्वर पोखरेलबाट कडा प्रतिवाद
















प्रतिक्रिया