– सुदीप अधिकारी
बर्दिया, २४ चैत । बबई नदीमा निर्माण गरिएको बबई पूर्वी नहरलाई रिमोडलिङ्ग गर्ने कार्य भइरहेको छ ।
जिल्लाको पूर्वी भेग मोतिपुर, डेउढाकला, मगरागढी, मैनापोखर, सोरहवालगाएतका गाविसमा थप सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ नहर रिमोडलिङ्ग गर्न लागिएको बबई सिँचाई आयोजनाले जनाएको छ ।
मूल नहरको ० देखि १८ किलोमिटर क्षेत्रको पूर्वी नहरमा रिमोडलिङ्गको काम भइरहेको बबई सिँचाइ आयोजनाका सिनियर डि ई कृष्ण नेपालले बताए । यसका लागि करिब ५० करोड रुपौँया बजेट छुट्याइएको सिनियर डिई नेपालले बताए ।
नहर रिमोडलिङ्ग गरिएपछि बबई पूर्वी नहरबाट अब जिल्लाको पूर्वी भेगको करिव २१ हजार हेक्टर जमिनमा सिँचाई सुविधा उपलब्ध हुनेछ ।
अहिले पूर्वी नहरबाट जम्मा १३ हजार हेक्टर जमिनमा मात्र सिँचाई हुँदै आएको छ । पछिल्लो पटक बबई सिँचाइ आयोजनाले गरेको विस्तृत सर्भेमा जिल्लाको पूर्वी भेगमा थप सिँचाइ सुविधा दिन सकिने भएपछि नहर रिमोडलिङ्ग गर्न लागिएको आयोजनाले जनाएको छ ।
बबई नदीमा पूर्वी र पश्चिम गरी दुई वटा नहर छन् । गत साउनमा आएको बाढीले पश्चिम नहरमा ठूलो क्षती पु¥याएपछि यसको ममर्त भइरहेको छ । भने पूर्वी नहरबाट थप सिँचाइ सुविधा दिन नहर रिमोडलिङ्ग गर्न लागिएको हो ।
बहुप्रतिक्षित भेरी बबई डाइभर्सन कार्य सम्पन्न भएमा बबई नहरमा आउने पानीलाई थेग्ने गरी नहर रिमोडलिङ्ग गर्न लागिएको बबई सिँचाई आयोजनाका सिनिएर डिई नेपालले बताए ।
बबई परेवावडारदेखि पूर्व मानखोलासम्म बबई नहरको लम्बाई ३३ किलोमिटर छ । पहिलो चरणमा बबई नदीदेखि बासगढीसम्म २८ किलोमिटर नहर निमार्ण गरिएको थियो । दोस्रोचरणमा बासगढीदेखि मानखोलासम्म ५ किलोमिटर नहर गत वर्ष थप गरिएको छ ।
आयोजनाका अनुसार २०७३ असार मसान्त सम्ममा रिमोडलिङ्गकाम सक्ने गरी चार निमार्ण कम्पनीले संयुक्तरुपमा निमार्णको ठेक्का लिएका छन् ।















प्रतिक्रिया