३० आश्विन २०८३, शुक्रबार

बल्खुमा रामनाथका ८० बर्षीय बाबु भक्कानिँदा… (हेर्नुस् तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Nath-Dhakal-buwa1

गणेश पाण्डे

काठमाडौँ, २३ चैत । नेकपा एमालेका नेता रामनाथ ढकालको सोमबार बिहान ११ बजे अन्तिम श्रद्धान्जली कार्यक्रम सकिँदै थियो, एमाले सचिव प्रदीप ज्ञवाली तथा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलाई मोबाइलमा फोन आयो आयो– रामनाथका ८० बर्षीय बाबु दिनानाथ ढकाल छोराको अन्तिम मुख हेर्न आउँदैछन् ।

केहीबेरमै सम्हालिँदै बल्खुमा आइपुगेका दिनानाथ छोराको मृत शरीर देखेपछि भक्कानिए । चाउरी परेको त्यो अनुहारबाट आँशुका बर्षा हुनथालेपछि त्यहाँ उपस्थित आफन्त तथा शुभचिन्तकले आफूलाई सम्हाल्नै सकेनन् । त्यसपछि रुवाबासी सुरु भइहाल्यो । सँगै आएका रामनाथका छोरा र आफन्तले बाबुलाई सम्हाले । भान्जा राजुलाई रामनाथकी सम्धिनीसमेत रहेकी एमाले नेतृ कमला पराजुलीले थुम्थुमाउँदै थिइन्  (रामनाथले माघ महिनामा मात्र छोराको धुमधामका साथ बिहे गरेका थिए)।

एमाले सचिव प्रदीप ज्ञवाली, नेतृ रामकुमारी झाँक्रीको अनुहारमा आँशु तप्किएको देखिन्थ्यो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारीको अनुहार पनि ओइलीएको फुलझैँ थियो । बिहान ८ बजेदेखि ११ बजेसम्म रामनाथको पार्थिब शरीर बल्खुमा राखिँदा एकखाले सन्नाटा नै देखिन्थ्यो । चीर निद्रामा रहेका रामनाथलाई अन्तिम श्रद्धान्जली दिन विभिन्न पार्टीका नेता, सरकारका मन्त्री समेत बल्खु पुगेका थिए ।

तीन दिनसम्म शोक, बैशाख ४ मा श्रद्धान्जली सभा

ढकालको मृत शरीर बल्खु परिसरमै रहँदा सोमबार बिहान नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठक बस्यो । बैठकले ढकालको दुःखद निधन भएकामा उहाँको सम्मानमा तीन दिनसम्म देशभरिका पार्टी कार्यालयमा पार्टी झन्डा आधा झुकाउने, औपचारिक कार्यक्रम तीन दिनसम्म आयोजना नगर्ने, पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र आगामी २०७२ साल वैशाख ४ गते श्रद्धाञ्जलि सभा आयोजना गर्न देशभरिका सबै जिल्ला कमिटीलाई निर्देशित गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

पार्टीलाई धेरै क्षेत्रमा अपूरणीय क्षति: ओली

छोटो समय बसेको स्थायी समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज ढकालको निधनले पार्टीलाई धेरै क्षेत्रमा अपूरणीय क्षति पुगेको धारणा राखेका थिए ।

अध्यक्ष ओलीले जारी गरेको शोक विज्ञप्तिमा ढकाल पार्टीको अत्यन्त जुझारु, गतिशील र क्षमतावान् युवा नेता भएको र उनले विद्यार्थी आन्दोलन, पार्टी सङ्गठन विस्तार, निरङ्कुशतन्त्रविरुद्ध सञ्चालित लोकतान्त्रिक आन्दोलन र संसदीय जिम्मेवारीजस्ता कामका सबै क्षेत्रमा कुशल नेतृत्व दिन र गहिरो प्रभाव छाड्न सफल भएको उल्लेख छ ।

एमाले नेता ढकालको सोमबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । आर्यघाटमा हजारौँ कार्यकर्ताको भीड थियो ।

Ram-nath-Dhakal-Pradeep-Gyawali ram-nath-dhakal-kp-oliram-nath-dhakal-kp-oli2 ram-nath-dhakal2  Ram-Nath-Dhakal-Death2 Ram-Nath-Dhakal-Death1 Ram-Nath-Dhakal-buwa Ram-Nath-Dhakal-buwa1Ram-Nath-Dhakal-buwa3Ram-Nath-Dhakal-buwa2Ram-Nath-Dhakal-buwa6 Ram-Nath-Dhakal-buwa5 Ram-Nath-Dhakal-buwa4 Ram-Nath-Dhakal-Death   Ram-Nath-Dhakal-Ram-KumariRam-Nath-Dhakal-Bishnu-Rijal Ram-Nath-Dhakal-Bishnu-Rijal1 Ram-Nath-Dhakal-Bhola-Pokharel Ram-Nath-Dhakal-Balkhu Ram-Nath-Dhakal-Balkhu8 Ram-Nath-Dhakal-Balkhu7 Ram-Nath-Dhakal-Balkhu6 Ram-Nath-Dhakal-Balkhu4  Ram-Nath-Dhakal-Balkhu2 Ram-Nath-Dhakal-Anita-Lama  ram-nath-dhakal1 Ram-Nath-Dhakal-Death4Ram-Nath-Dhakal-Aaryaghat