काठमाडौं, २३ चैत । ग्लोबल आइएमई बैंकले अष्ट्रेलियामा सम्पर्क तथा प्रतिनिधी कार्यालय स्थापना गरेको छ ।
ग्लोबल आइएमई बैंकले विहीबार नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये अष्ट्रेलियामा पहिलोपटक सम्पर्क कार्यालय बिस्तार गरेको हो । अष्ट्रेलियाको सिड्नी स्थित सम्पर्क कार्यालयको अर्थमन्त्री डा. रामशरण महतले उद्घाटन गर्नुभयो ।
सम्पर्क कार्यालय उद्घाटन गर्दे अर्थमन्त्री महतले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले अष्ट्रेलियामा पहिलोपटक सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई दिदै सफलताको कामना गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले अष्ट्रेलियामा सम्पर्क कार्यालय खोलेर
हासिल गरको नयाँ उपलब्धिले नेपालको आर्थिक बिकासमा नयाँ तरङग ल्याउने बिश्वास व्यक्त गर्नुभयो ।
यस्तै बैकका नायब कार्यकारी अधिकृत जनक शर्माले सम्पर्क कार्यालय विस्तारका लागि नेपाल सरकार, अष्ट्रेलियन सरकारले पुर्याएको सहयोगको प्रशंसा गर्दे आगामी दिनमा पनि सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो ।
सम्पर्क कार्यालय उद्घाटन समारोहमा ग्लोबल आईएमई बैंकका संस्थापक सुहृदराज घिमिरे, अष्ट्रेलियाका लागी नेपाली राजदूत रुद्रकुमार नेपाल, गैर आवासीय संघ नेपालका अध्यक्ष शेष घले, अष्ट्रेलियन संघिय संसदका सिनेटर श्याम दस्यारी, अष्ट्रेलियाको नियमनकारी निकाय ((Australian Prudential Regulation Authority – APRA) का सिनियर म्यानेजर जेनिफर बाल्डिङ्ग लगायतका उच्च पदस्थ ब्यक्तिहरुको उपस्थिती थियो ।
ग्लोबल आइएमई बैंकले अष्ट्रेलियामा सम्पर्क तथा प्रतिनिधी कार्यालय खोलेपछि बैंकको सम्र्पक तथा प्रतिनिधी कार्यालयले नेपाल तथा अष्ट्रेलियाली व्यवसायीहरुबीच व्यापारिक एवं लगानी सम्बन्धी प्रवद्र्धनात्मक कार्यमा समेत सघाउने छ ।
यसको अतिरिक्त, काम तथा पढाईको सिलसिलामा अष्ट्रेलिया पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल सँगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुनेछ ।
ग्लोबल आइएमई बैंकले अष्ट्रेलियाको अतिरिक्त अन्य मुलुकहरुमा पनि सम्पर्क तथा प्रतिनिधी कार्यालय खोल्नका नेपाल राष्ट्र बैकवाट प्रारम्भिक सैद्दान्तिक स्वीकृति पाइसकेको र त्यस्तो कार्यालयहरु स्थापना गर्ने तर्फ सम्वन्धीत देशहरुवाट स्वीकृति लिने प्रक्रियामा छ ।
त्यस्तो स्वीकृति पाउंदै गएको आधारमा नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त गरी वैदेशिक कार्यालय सञ्जाल समेतलाई विस्तार गर्दै लैजाने ग्लोबल बैंकको लक्ष्य छ ।















प्रतिक्रिया