१३ कार्तिक २०८३, शुक्रबार

आज उपत्यकासहित पूर्वी नेपालमा बर्षा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rain-Pani

काठमाडौँ, २२ चैत । मौसम पूर्वानुमान महाशाखाले आइतबार उपत्यकासहित पूर्वका केही भेगमा मेघ गर्जनसहित हल्का वर्षा हुने जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण मौसम बदली भई उपत्यकासहित पूर्वका केही भेगमा मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाको भनाइ छ । यसअघि शनिबार देशका विभिन्न भेगमा हावाहुरीसहित वर्षा भएको थियो ।

मौसमविद् शान्ति कँडेलका अनुसार, मनसुन अघिको गतिविधि बढिरहेका बेला पश्चिमी र स्थानीय वायुको सम्मिश्रण हुँदा मौसममा खराबी आएको हो । मौसमविद् कँडेलका अनुसार आइतबारबाट पश्चिमी भेगको मौसममा भने सुधार आउनेछ ।