१५ कार्तिक २०८३, आइतबार

‘अप्रील फुल’ मनाउन डिएसपीलाई झुक्याएपछि…

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arrestedकाठमाडौं, १८ चैत । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुखलाई ‘अप्रिल फुल’मा झुक्याउने एक व्यक्ति प्रहरी फान्दामा परेका छन् ।

ओखलढुंगाका प्रहरी प्रमुख डिएसपी डम्बरबहादुर विकसँग ‘अप्रील फुल’ मनाउन बुधबार विहानै ‘गाउँमा मान्छे झुण्डिएर मरेको’ भन्दै फोन गरेर झुक्याउने पात्ले गाविसका डिकबहादुर तामाङ फन्दामा परेका हुन् ।

मान्छे झुण्डिएर मरेको खबर पाएपछि पाँच घण्टा पैदल हिँडेर प्रहरी घटनास्थल पात्ले पुगेको थियो । पात्लेमा पुग्दा कतै मान्छे झुण्डिएर मरेको नभेटिएपछि ‘अप्रील फुलमा’ प्रहरी नै झुक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बैद्यनाथ यादवले डिएसपी ‘साब’लाई फोन आएको नम्बरमा टेलिफोन गरेर सोध्दा तामाङले ‘अप्रील फुल’ मनाउन फोन गरेको जवाफ दिएको बताउनुभयो ।

सुरक्षा र ज्यान जस्तो संवेदनशील विषयमा अप्रील फुल भन्दै अनावश्यक दुःख दिएको भन्दै प्रहरीलाई नै झुक्याउने तामाङलाई पक्राउ गरिएको र आवश्यक कारवाहीको दायरामा ल्याईने प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।