काठमाडौँ १८ चैत । अष्ट्रेलियाको घरेलु क्रिकेटको दौरान टाउको बल लागेर देहान्त भएका फिलिप हिउजको श्रद्धाञ्जलि स्वरुप चैत २८ गते ६३ ओभरको क्रिकेटमा अष्ट्रेलियाका अध्यक्ष विली इडवार्ड्स नेपाल आउने भएका छन् ।
चैत २८ गते नेपाल र अस्ट्रेलियाबीच हुने पहिलो खेल हुने ३१.३ ओभर र दोस्रो पनि ३१.३ ओभर हुने सङ्घल नेपाल क्रिकेट सङ्घले जनाएको छ । मैत्रीपूर्ण खेलसँगै हिउजको जर्सी तथा ब्याट पनि विश्वको सर्वोच्च शिखर सगरमाथामा लाने कार्यक्रमसमेत रहेको छ ।
जुन मैत्रीपूर्ण खेलको लागि तथा जर्सी र ब्याट सगरमाथामा पुर्याउन आवश्यक पर्ने बजेटका लागि, नेपाल क्रिकेट सङ्घले केही खर्च जुटाउन टिकटको दर रु १६३ निर्धारण गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दर्शकका लागि निकै सर्वसुलभमा टिकट दर राखिएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घले दर्शकका लागि चैत १८ देखि २५ गतेसम्म अनलाइन बिक्री, इसेवाजोन प्वाइन्ट र सङ्घको कार्यालय मूलपानीबाट टिकट बिक्री वितरण गर्ने जानकारी दिएको छ ।
हरेक टिकट खरिदकर्ताको नाम खेल हुने दिन कोड रिडर तथा क्युआरकोडमार्फत सङ्घले जाँच गर्नेछ ।















प्रतिक्रिया