काठमाडौं, १८ चैत । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मनमोहन कलेजको सम्बन्धनका विषयलाई लिएर एमालेलाई लगातार प्रहार गरिएकोमा आक्रोश गर्नुभएको छ ।
व्यक्तिगत कामका लागि बुधबार बिहान १० बजे महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका बेला चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरुले घेरेपछि उहाँले आक्रोश पोख्नुभएको हो ।
मनमोहन कलेजको विषयलाई लिएर एमालेको आलोचना भइरहेकोमा नेता नेपालले आपत्ति जनाउनुभएको थियो । केसीका मागप्रति एमालेको बिरोध नरहेको स्पष्ट पार्दै उहाँले मनमोहनको नाममा भइरहेको बिरोध एमालेलाई सैह्य नहुने बताएका बताउनुभयो ।
‘विपीको नाममा कलेज खोल्दा बिरोध नहुने, मनमोहनको नाममा कलेज खोल्दा किन बिरोध ?’ नेता नेपालको प्रश्न थियो । डा. केसीको आन्दोलनलाई राजनीतिकरण गरिएको उहाँको आरोप छ ।
विद्यार्थीहरुले मनमोहनको नाममा विरोध नगरेको स्पष्ट पारेका थिए । उनीहरुले एमालेको मेडिकल नीति के हो ? केसीको अनसनमा किन गम्भीर नभएको भन्दै नेपाललाई प्रश्न गरेका थिए ।
नेता नेपालले मापदण्ड पुरा गरेका कलेजले सम्बन्धन पाउनुपर्ने बताउनुभएको थियो । नेता नेपाल डा. केसीलाई भने नभेटी फर्कनुभयो ।















प्रतिक्रिया