२९ आश्विन २०८३, बिहिबार

‘साम्बा गोल्ड अवार्ड’ फुटबलर नेयमारले जिते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neymar काठमाडौं, १८ चैत । बार्सिलोनाका स्ट्राइकर तथा विश्व फुटबल खेलका स्टार नेयमार युरोपियन फुटबल खेल्ने उत्कृष्ट ब्राजिलियन फुटबलर घोषित हुँदै साम्बा गोल्ड अवार्ड जितेका छन् ।

युरोपमा फुटबल खेल्ने उत्कृष्ठ खेलाडीलाई यो अवार्ड दिने गरिन्छ । जसमा साम्बाफुटले १ लाख ५० हजार भोट र पूर्व खेलाडी र पत्रकारको मतका आधारमा युरोपमा फुटबल खेल्ने ब्राजिलियनहरु मध्ये एक जनालाई छनोट गर्छ ।

neymar1२३ वर्षका नेयमारले यो एथ्लेटिको मड्रिडका मिरान्डा र गालाटासरेका फिलिप मेलोलाई पछि पार्दै साम्बा गोल्ड अवार्ड जितेका हुन् । सन् २०११ देखि लगातार तीन वर्ष थिएगो शिल्भाले साम्बा गोल्ड अवार्ड जितेका थिए ।

यो सिजन नेयमारले बार्सिलोनाका लागि २६ गोल गरेका छन् । पहिलो पटक २००८ मा काकाले यो अवार्ड जितेका थिए । २००९ मा लुइस फानिन्नो र २०१० मा माइकोनले साम्बा गोल्ड अवार्ड जितेका थिए । नेयमार बार्सिलोनाका भरपर्दा स्ट्राइकर हुन् ।