२९ आश्विन २०८३, बिहिबार

यस्ता छन् विश्वकप क्रिकेटबाट सन्यास लिएका क्रिकेटर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

micel-clarkकाठमाडौं, १६ चैत । हरेक विश्वकप खेलाडीका लागि अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिन गतिलो अवर बन्ने गर्छ । खासगरी नाम चलेक र ख्याति कमाएका खेलाडीले खेल जीवनबाट सन्यास लिन यो अवसरलाई सदुपयोग गर्ने गरेको पाइन्छ ।

आइतबार ११ औं विश्वकप क्रिकेटको समाप्तिसँगै थुप्रै चर्चित खेलाडीले प्रतियोगिता पूर्व र केहीले प्रतियोगिताका क्रममा यो विश्वकप आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता भएको घोषणा गरेका थिए ।

अस्ट्रेलियाका मायकल क्लार्क, श्रीलंकाका कुमार सांगाकारा र माहेला जयावर्धन तथा पाकिस्तानका साहिद अफ्रिदी र मिसवाह उल हक जस्ता चर्चित खेलाडी पनि यो सूचीमा परे । सबै भन्दा सुखद बिदाइ भने क्लार्कको रह्यो । कप्तानका रुपमा उनले अस्ट्रेलियालाई विश्वकप उपाधि दिलाए ।

jayawardeneमायकल क्लार्कक्लार्कले चोटबाट फर्कदैँ केही समयअघि मात्र राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए । उनले शनिबार मात्र ११ औं विश्वकप फाइनल आफ्नो अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका थिए । क्लार्कको संन्याससँगै आगामी दिनमा एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाको कप्तानी युवा खेलाडी स्मिथले गर्ने सम्भावना बढेको छ । क्लार्कले टेस्ट क्रिकेट भने आगामी दिनमा पनि खेल्ने छन् ।

Shahid-Afridiश्रीलंकाको टोलीमा करिब डेढ दशकदेखि रहेका सांगाकारा र जयवर्धन भने सबै स्वरुपको अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भएका हुन् । श्रीलंका यो विश्वकपमा क्वार्टरफाइनलबाटै बाहिरियो । व्यक्तिगत रुपमा सांगाकाराका लागि यो प्रतियोगिता स्मरणीय रह्यो ।

यही विश्वकपमा उनले लगातार चार खेलमा शतक बनाएर एकदिवसीय क्रिकेटमै लगातार खेलमा सर्वाधिक शतक बनाउने खेलाडीको कीर्तिमान रचे । सन् २००० मा सिनियर टोलीाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेयता बायाँ हाते ब्याट्सम्यान सांगाकाराले टेस्टमा ३७ शतक र ५० अर्धशतक तथा एकदिवसीय ११ शतक ७७ अर्धसतक बनाएका छन् ।

kumar-sarkagaजयावर्धने १८ वर्षदेखि सिनियर राष्ट्रिय टोलीमा थिए । दुवै खेलाडीले श्रीलंकाको कप्तानी पनि गरे र सँगै ठूला प्रतियोगितामा टोलीलाई सफलता पनि दिलाए ।

यसैगरी पाकिस्तानको अन्तर्राष्ट्रिय क्रिकेट धर्मराएको समयम दुई अनुभवी खेलाडीले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । यस विश्वकपमा टोलीको कप्तानी गरेका मिसवाह एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक नबनाउने खेलाडीमध्ये सर्वाधिक रन जोड्ने खेलाडी हुन् । ४० बर्षीय मिसवाह यो विश्वकपमा सबैभन्दा लयमा रहेका पाकिस्तानी ब्याट्म्यान थिए ।

CRICKET-WC-2015-PAKयसैगरी पाकिस्तानका अनुभवी स्पिनर साहिद अफ्रिदीले पनि सबै स्वरुपको अन्तर्राष्ट्रिय क्रिकेट छाडेको बताएका छन् । १९ वर्षदेखि पाकिस्तानको सिनियर टोलीका लागि खोलिरहेका अफ्रिदीले एकदिवसीय क्रिकेटमा तीन सय ९८ विकेट लिएका छन् ।

न्युजिल्याण्डका डयानियल भेट्टोरीले औपचारिक घोषणा नगरे पनि उनका लागि आइतबार भएको फाइनल अन्तिम अन्तर्राष्ट्रिय खेल हुने सम्भावना छ । लामो समयको चोटपछि उनी टोलीमा फर्किएका थिए । अन्नपूर्णपोस्ट् दैनिकबाट

mical-clarc