काठमाडौं, १६ चैत । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सोमबार विश्वकप क्रिकेट २०१५ को टिम अफ द आइसिसी घोषणा गरेको छ ।
विश्वकप क्रिकेटमा गरेको प्रदर्शनको मुल्याङ्कन गर्दै खेलाडी छानेर आइसिसीले टिम अफ द आइसिसी क्रिकेट वर्ल्ड कप २०१५ घोषणा गरेको हो ।
आइसिसीको ड्रिम टिममा न्युजिल्याण्डका कप्तान ब्रेण्डन म्याकुलमसहित ५ खेलाडी छनोट भएका छन् । न्युजिल्याण्डका कप्तान व्रेण्डनलाई यो टिमको पनि कप्तान बनाईएको हो ।
ड्रिम टिममा दक्षिण एसियाको भारत र पाकिस्तानका एक जना खेलाडी पनि परेका छैनन् । आइसिसीले विज्ञहरुको निर्णयमा टिम अफ द आइसिसी क्रिकेट वर्ल्ड कप २०१५ छनौट गरेको जनाएको छ ।
– आइसिसीको ड्रिम टिमका खेलाडी यसप्रकार छन् :
मार्टिन गुप्टिल – न्युजिल्याण्ड
ब्रेण्डन म्याकुलमा – न्युजिल्याण्ड (कप्तान)
कुमारा सांगाकार – श्रीलंका (विकेटकिपर)
स्टेभेन स्मिथ – अष्ट्रेलिया
एबी डि भिलियर्स – दक्षिण अफ्रिका
ग्लेन म्याक्सवेल – अष्ट्रेलिया
कोरे एन्डर्सन – न्युजिल्याण्ड
डेनियल भिट्टोरी – न्युजिल्याण्ड
मिचेल स्टार्क – अष्ट्रेलिया
ट्रेन्ट बोल्ट – न्युजिल्याण्ड
मोर्ने मोर्केल – दक्षिण अफ्रिका
ब्रेण्डन टेलर – जिम्बाबे (१२ औं खेलाडी)















प्रतिक्रिया