२९ आश्विन २०८३, बिहिबार

अष्ट्रेलिया भर्सेस न्यूजिल्याण्ड : कसले जित्ला उपाधि ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket WCup New Zealandकाठमाडौं, १४ चैत । विश्वकप क्रिकेट अन्तर्गत २०१५ को उपाधिका लागि आइतबार विहान अष्ट्रेलिया र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेलका लागि आयोजक आइसिसीले सबै तयारी पूरा भएको जनाएको छ ।

फाइनल म्याचका लागि अम्पायर समेत छनोट भइसकेका छन् । दुबै टोली विश्वकप २०१५ को उपाधि जित्न तयारी अवस्थामा छन् । थप तयारी समेत गरिरहेका छन् ।

during the 2015 Cricket World Cup Semi Final match between Australia and India at Sydney Cricket Ground on March 26, 2015 in Sydney, Australia.अष्ट्रेलियाका कप्तान माइकल कर्लाकले यसपालिको विश्वकप उपाधि आफ्नो टिमले जित्ने दाबी गर्छन् । तर उनी प्रतिस्पर्धी टिमलाई कमजोर ठान्दैनन् । ‘हाम्रा अगाडी ठुलो चुनौती छ, तर हाम्रो मेहनत तयारी र प्रयासले उपाधि जित्न सफल हुने छौं ।’ उनले भनेका छन् ।

यस्तै, न्यूजिल्याण्डका कप्तान बे्रन्डन म्याकुलले पनि यसपालिको विश्वकप उपाधि जितेर इतिहास रच्ने दाबी गर्छन् । ‘हामीसँग अनुभव नभएपनि योग्यता र मेहनत छ, दर्शकप्रेमीहरुको हौसला छ जसले हामीले उपाधि भित्र्याछौं’ उनले भनेका छन् ।

newzelandन्यूजिल्याण्डले यसपालि विश्वकप उपाधि जितेमा इतिहास रच्ने अवसर सावित हुनेछ । किनकी न्यूजिल्याण्ड विश्वकप क्रिकेटमा पहिलोचोटी फाइनलमा पुगेको टिम हो ।

विश्वकप क्रिकेटको कप कसले उचाल्ला ? दर्शकाको मनमा खुल्दुली तथा चर्चा भइराखेको होला । तर, कस्ले जित्ला त्यो थाहा पाउन भोलीको फाइनल खेलसम्म कुनुपर्ने हुन्छ ।