काठमाडौं, १३ चैत । आइतबार हुने विश्वकप क्रिकेट फाइनल खेलका लागि अम्पायर छनोट भएको छ ।
फाइनलमा खेलमा आयोजक दुबै अष्ट्रेलिया र न्यूजिल्याण्ड मैदानमा भिड्दैछन् । क्रिकेटको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले आज अम्पायर छनौट गरेको हो ।
आइसिसीको बोर्ड बैठकले श्रीलंकाका कुमार धर्मसेना र इंल्याण्डका रिचर्ड केटलबोरोलाई अष्ट्रेलियाको मेलबर्न मैदानमा आइतबार अष्ट्रेलिया र न्यूजील्याण्डबीच हुने आईसीसी क्रिकेट विश्वकप भिड्न्तका लागि आज मैदानी अम्पायरमा नियुक्त गरिएको हो ।
आईसीसीका अनुसार कुमार धर्मसेना र रिचर्ड केटलबोरो दुई मैदानी अम्पायर राखिएको छ । श्रीलंकाका रंजन मदुगुलेलाई फाइनल खेलमा म्याच रेफ्री अर्थात मुख्य अम्पायरमा नियुक्त गरिएको छ ।
क्रिकेट बजारमा यसपालिको विश्वकप कसले जित्ला भनेर चर्चा थालिएको छ । फाइनल खेलबाट उपाधि जित्न दुबै टिमको उत्कृष्ठ प्रदर्शन तथा अम्पायर साथ अवश्य चाहिन्छ ।















प्रतिक्रिया