काठमाडौं, १३ चैत । क्रिकेट भारतको सबथोक हो भन्ने कुरा अहिले भइरहेका घटनाबाट पुष्टि हुन्छ । विश्वकप क्रिकेट २०१५ अन्तर्गतको सेमिफाइनल खेलमा भारत पराजित भएपछि देशैभरी रुवाबासीका साथै प्राण त्याग गर्नेहरु पनि बढेका छन् ।
विहीबार भएको खेलमा भारत अष्ट्रेलियासँग ९५ रनले पराजित भएपछि भारत शोकमा डुबेको छ । भारतमा ५ जनाले खेलमा भएको हार स्वीकार गर्न नसकेर प्राण त्याग गरेका छन् ।
भारतको नसीरपुर गाउँका १६ वर्षीय युवक मोहित पाण्डेले भारतको हार स्वीकार गर्न नसकेर झुण्डिएर आत्महत्या गरेका छन् । खेल हेरिरहेका उनी अन्तिम समयमा भारतका कप्तान महेन्द्रसिंह ध्वनी आउट भएपछि उनले घरको आँगनमा झुण्डिर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर अनुसार केही युवाहरुले आत्महत्याको प्रयास गरेका छन् । तर उनलाई अस्पताल रिफर गरिएको छ । सेमिफाइनल खेलको अन्तिममा कप्तान ध्वनी आउट भएपछि ६० वर्षीय वृद्धा मोहम्द अलीको हर्टअट्याक भएर मृत्यु भएको छ ।
उनी क्रिकेटका क्रेजी फ्यान थिए । मुम्बई प्रहरीका अनुसार २० भन्दा बढी व्यक्तीले आत्महत्या प्रयास गरेका थिए । विहीबार भएको खेलमा भारत अष्ट्रेलियासँग ९५ रनले पराजित भएपछि फाइनलमा पुग्नबाट चुकेको थियो ।















प्रतिक्रिया