२९ आश्विन २०८३, बिहिबार

भारतलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

during the 2015 Cricket World Cup Semi Final match between Australia and India at Sydney Cricket Ground on March 26, 2015 in Sydney, Australia. काठमाडौं, १२ चैत । घरेलु मैदानमा भारतलाई ९५ रनले पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

अष्ट्रेलियाले दिएको ३२९ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको भारत ४६.५ ओभरमा २३३ रन बनाउँदै अल आउट भयो ।भारतका कप्तान महेन्द्रसिंह धोनीले ६५ रन बनाए । अरुण धवन ४५ तथा रोहित शर्माले ४४ रन जोडे । भारतका भरपर्दा व्याटस्म्यान विराट कोहली १ रनमा फर्के । अन्य व्याट्सम्यान टिक्न सकेनन् ।

during the 2015 Cricket World Cup Semi Final match between Australia and India at Sydney Cricket Ground on March 26, 2015 in Sydney, Australia.यसअघि घरेलु मैदान सिड्नीमा टस जितेर व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै ३२८ रन बनाएको थियो ।

अष्ट्रेलियाका भरपर्दा ब्याट्सम्यान डेभिड वार्नरले आजको खेलमा मात्र १२ रन बनाए । आरोन फिन्च र स्टिभ स्मिथले अष्ट्रेलियाका लागि १८२ रनको साभेदारी गरे ।

स्मिथ १०५ रनमा आउट भए । उनले ९३ बलमा ११ चौका र २ छक्का प्रहार गरे । फिन्च ८१ रनमा पभेलिन फर्किए । ग्लेन म्याक्सवेल २३ रनमा आउट भए ।

अष्ट्रेलियाका कप्तान माइकल क्लार्क पनि मात्र १० रनमा आउट भए । भारतका लागि उमेश यादवले अष्ट्रेलियाका  ४ विकेट लिए । मोहित शर्माले दुई तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । अष्ट्रेलियाले आइतबार हुने उपाधि खेलमा न्यूजिल्याण्डसँग भिड्नेछ ।