काठमाडौं, १२ चैत । विश्वकप क्रिकेट अन्तर्गत दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा भारतसामू अष्ट्रेलियाले ३२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अष्ट्रेलियाको राजधानी सिड्नी क्रिकेट ग्राउण्डमा विहीवार टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै ३२८ रन बनायो ।
अष्ट्रेलियाका भरपर्दा ब्याट्सम्यान डेभिड वार्नरले आजको खेलमा मात्र १२ रन बनाए । आरोन फिन्च र स्टिभ स्मिथले अष्ट्रेलियाका लागि १८२ रनको साभेदारी गरे ।
स्मिथ १०५ रनमा आउट भए । उनले ९३ बलमा ११ चौका र २ छक्का प्रहार गरे । फिन्च ८१ रनमा पभेलिन फर्किए । ग्लेन म्याक्सवेल २३ रनमा आउट भए ।
अष्ट्रेलियाका कप्तान माइकल क्लार्क पनि मात्र १० रनमा आउट भए । भारतका लागि उमेश यादवले अष्ट्रेलियाका ४ विकेट लिए । मोहित शर्माले दुई तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । अब केही बेरमा ३२९ रनको विजयी लक्ष्यसहित भारत जवाफी व्याटिङका लागि मैदान प्रवेश गर्दैछ । आजको विजेताले फाइनलमा न्यूजिल्याण्डसंग भिड्नेछ ।
















प्रतिक्रिया