२९ आश्विन २०८३, बिहिबार

मेस्सी विश्वकै धनी फुटबलर, रोनाल्डो दोस्रो स्थानमा झरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messi-ronaldo काठमाडौं, १२ चैत । स्पेनिस फुटबल टिम बार्सिलोनाका स्ट्राइकर विश्व फुटबलमा सेलिबे्रटी लियोनल मेस्सी विश्वकै पहिलो धनी फुटबलर बनेका छन् ।

फ्रान्सको फुटबल पत्रिकाले सार्वजनिक गरेको धनी फुटबलरहरुको सूचीमा मेस्सीले रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका छन् ।

बार्सिलोनाका अतिरिक्त मेस्सीले एडिडास, फिफा १५ र टर्किस एयरलाइन्स जस्ता दर्जनौ संस्थाको प्रयोजनबाट तलब पाउने गरेका छन् ।

फुटबल पत्रिकाका अनुसार मेस्सीले एक वर्षमा ६५ मिलियन युरो कमाएका छन् । यो रोनाल्डोको कमाइ भन्दा ११ मिलियर युरो बढी हो ।धनी फुटबलरहरुको सूचीमा दोस्रो स्थानमा रहेका रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोले ५४ मिलियन युरो कमाएका छन् ।

ronaldo

३६.५ मिलियन कमाइका साथ बार्सिलोनाका नेयमार धनी फुटबलरको तेस्रो नम्बरमा छन् । शीर्ष १० धनी फुटबलरमा क्रमशः थिएगो शिल्भा, रोविन भानपर्सी, ग्यारेथ बेल, वायन रुनी, जाल्टन इभ्राहिमोभिच, सर्जिओ एग्युरो र रोबर्ट लेभान्डोस्की छन् ।

गत वर्ष रियल मड्रिडका स्ट्राइकर तथा विश्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डोल विश्वकै पहिलो धनी फुटबलर बनेका थिए । उनको यसवर्ष प्रयोजित संस्था नहुँदा कमाई बढ्न नसकेपछि दोस्रो स्थानमा झरेका हुन् ।