काठमाडौं, १० चैत । विश्वकप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि भएको खेलमा आयोजक न्यूजिल्याण्डले २९८ रनको विजयी लक्ष्य पाएको छ ।
अष्ट्रेलियामा जारी प्रतियोगिताको मंगलवार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डसामू २९८ रनको चुनौती प्रस्तुत गरेको हो ।
वर्षाले प्रभावित ४३ ओभरको खेलमा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउँदै २८१ रन बनाएको थियो । डर्क वर्थ लेविस मेथर्डका आधारमा छोट्याइएको खेलमा न्यूजिल्याण्डले २९८ रनको लक्ष्य पाएको हो ।
आजको खेलमा दक्षिण अफ्रिकाका फफ डे प्लेसिसले सर्वाधिक ८२ रन बनाए । एबी डेभिलियर्सले ६५ रनमा अविजित हुँदा डेभिड मिलरले ४९ रन जोडे । रिली रस्वले ३९ रन, क्वीन्टन डे ककले १४ रन मात्रै बनाए ।
फाइनलमा खेल्न नपाएका यी दुई टिममध्ये एक आजको खेलबाट पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा पुग्ने छ । अहिले न्यूजिल्याण्ड २८९ विजयी लक्ष्य सहित मैदान प्रवेश गरेको छ ।















प्रतिक्रिया