२९ आश्विन २०८३, बिहिबार

ला लिगामा रोनाल्डो र मेस्सीबीच भिड्न्त, रियल मड्रिडमाथि बार्सिलोनाको जित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messi-vs-raonaldoकाठमाडौं, ९ चैत । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडमाथि लिग लिडर बार्सिलोनाले २–१ को जित हात पारेको छ ।

विश्व फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डो र लियानल मेस्सीबीच भएको भिड्न्तमा मेस्सीको वार्सिलोनालेबाजी मारेको हो । जितसंगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियलसँग ४ अंकको दुरी बनाएको छ ।

मेस्सीको फ्रि किक बलमा खेलको १९ औं मिनेटमा म्याथ्युले हेड गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

३१ औं मिनेटमा बेन्जिमाको ब्याकपासमा पासमा रोनाल्डोले बार्साका लागि बराबरी गोल गरे ।
तर, ५६ औं मिनेटमा स्वारेलले गोल गर्दै खेलमा अग्रता कायमै राखे।

ड्यानी अल्भेसको लामो पासमा लाई उत्कृष्ट रुपमा नियन्त्रणमा लिँदै उनले गोल गरे । जितपछि बार्सिलोनाको २८ खेलबाट ६८ अंक पुगेको छ, भने समान खेल खेलेको रियल मड्रिड ६४ अंकसहित दोस्रो स्थानमा छ ।

यसअघि रियल बार्सिलोना भन्दा ४ अंकले अगाडी थियो ।