१२ कार्तिक २०८३, बिहिबार

निरमसी भनी विष खाँदा दम्पत्तीको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nirmasi-dainiknepal
निरमसी

पोखरा, ९ चैत । पोखरामा निरमसी नामक जडिबुटी भनेर विषादी खाँदा एक दम्पत्तीको ज्यान गएको छ ।

पोखरा उपमहानगरपालिका–२७ हेम्जाका ६२ वर्षीय बलबहादुर केसी र उनकी ५७ वर्षीया श्रीमती लक्ष्मी केसीको ज्यान गएको हो । उनीहरुले निरमसीको झार भन्दै पुवामा पकाई खाएका थिए ।

निरमसी जडीबुटी खाएपछि सख्त बिरामी परेका र नयाँबजारस्थित चरक मेमोरियल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जंगलमा पाइने निरमसी र विषको झार उस्तै उस्तै हुन्छ । निरमसी र विष छुट्याउन नसक्दा यसरी नै मानिसहरुको ज्यान जाने गरेको छ ।

केही दिनपहिले शरीर दुखेको भनेपछि बलबहादुरलाई आफना एक छिमेकी महिलाले निरमसी जडीबुटी भनी ल्याइदिएकी र सो झार पकाएर खाने बित्तिकै दुवैजना बिरामी परेको बताइएको छ ।

मृतक दम्पतीका तीनवटै छोराछोरी अमेरिकामा बस्दै आएका छन् । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।