१२ कार्तिक २०८३, बिहिबार

सभासदकै बिहेमा कानुन उल्लंघन !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Abhishekha-Prtap-Sah

काठमाडौं, ८ चैत । मधेसी जनअधिकार फोरम नेपालका सभासद् अभिषेकप्रताप साहले ३२ वर्षको उमेरमा बिहे गरेका छन् । भारतको छत्तीसगढ राज्यको अम्विकापुर सहरबाट उनले आफूभन्दा केही वर्ष कम उमेर भएकी मीनाक्षी सिंह (साह) लाई धुमधामका साथ विहे गरेका हुन् । मागी विहे गरेका साह अहिले आफन्त र परिवारका साथ हनिमुनमा छन् ।

भक्तपुरको नगरकोटमा आइतबार बिहान पुगेका साहलाई ससुरालीतर्फबाट आएका पाहुनाहरूको स्वागतमा भ्याईनभ्याई छ । परिवारसहित तीन वटा ठूला भोज गरिसकेका सभासद साहलाई विहेसम्बन्धी कानुनले भने छोएको छैन । उनले शनिबार बत्तीसपुतलीस्थित एक होटेलमा भब्य भोज दिएका थिए । भोजमा उपराष्ट्रपति परमानन्द झा, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संसद सचिवालयका कर्मचारीहरू, विभिन्न दलका नेताहरू, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायत उल्लेख्यको उपस्थिति रहेको थियो ।

नेपालको ऐन, कानुनअनुसार तडकभडकसहित विहे वा भोज गर्न पाइदैन । विहेको जन्ती पनि ५१ जना मात्रै लैजान पाइन्छ । तर सभासद साहले आफैले बनाएको ऐन, कानुनलाई वेवास्ता गर्दै तडकभडकसहितका भोजभतेरमा सक्रिय छन् ।

‘साथीहरूलाई हिजो (शनिबार) बेलुका सानो पार्टी दिएको थिए’, सभासद साहले भने, ‘गृह जिल्ला कपिलवस्तुमा पनि मेरा शुभेच्छुक र मतदाताहरूलाई पनि भोज खुवाएर काठमाडौं आएको हुँ ।’

सभासद साहले फागुन २५ (९ मार्च) त्रियादशीका दिन लखनउबाट विहे गरेका हुन् । ‘हिन्दूपरम्पराअनुसार लखनउबाट विहे गरेको हुँ’, साहले भने, ‘घरपरिवार सबैको सल्लाहमा मागी विहे हो ।’

सभासद साह दोस्रो संविधानसभामा कपिलवस्तु क्षेत्र नम्वर ५ बाट निर्वाचित भएका हुन् । अघिल्लो संविधानसभामा पनि उनी निर्वाचित भएका थिए ।

सानो उमेरमा राजनीति थालेका साह मिजासिला र भद्र छन् । युवा पंक्तिसँग नजिक रहन चाहने साहको विहेलाई लिएर विभिन्न टिकाटिप्पणी र चर्चा हुने गरेको थियो ।