१२ कार्तिक २०८३, बिहिबार

विप्लव माओवादीले चैत १८ गते नेपाल बन्द गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplopकाठमाडौँ ८ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले चैत १८ गते नेपाल बन्दको घोषणा गरेको छ ।

आइतबार राजधानीमासंघर्षका नयाँ कार्यक्रम सार्वजनिक गर्दै विप्लव माओवादीले १८ गते नेपाल बन्दको घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रम अनुसार चैत ९ गते कोण सभा र चोक सभा चैत १० गते माइकिंग र चोक सभा ११,१२,१३ र १४ गते प्रचार प्रसार १५ गते जीएमआर कार्यालय घेराउ १६ गते देशका सबै जिल्ला कार्यालय घेराउ १७ गते मसाल जुलुस र १८ गते नेपाल बन्दको आयोजना गरेको छ ।

शुक्रबार शान्तिपूर्ण विरोध कार्यक्रममा हस्तक्षेप गरी सरकारले आफ्ना दुई पोलिटब्यूरो सदस्य सहित १७ जना कार्यकर्ता गिरफ्तार गरेपछि आक्रोशित बनेको माओवादीले आइतबार काठमाडौँ अनामनगर स्थित सम्बाद डबलीमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

पत्रकार सम्मेलन मार्फत पार्टीका स्थायी समिति सदस्य धर्बेन्द्र बाँस्तोलाले संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा माओवादी नेता तिलक परियारको पनि सहभागिता रहेको थियो ।

पत्रकार सम्मेलनमा संक्षिप्त भनाइ राख्दै बास्तोलाले अबका दिनका संघर्षमा राधेस पन्तको घरमा मात्र हैन प्रधानमन्त्रीको घरमा समेत कालो झण्डा गाड्ने चेतावनी दिए ।

अपर कर्णाली, माथिल्लो मस्र्याङ्दी र अरुण तेस्रो जलविद्युत आयोजनामा राष्ट्रघाती सम्झौताहरु गरिएको र त्यो सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेको भन्दै माओवादीले शुक्रबार नेपाल लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घरमा कालोझण्डा राख्नुका साथै र विरोध प्रदर्शन गरेको थियो ।

सोही कार्यक्रमबाट प्रहरीले पूर्व मन्त्री पोलिटब्यूरो सदस्य समेत रहेका पदम राई र अर्का पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका)लाई गिरफ्तार गरेको थियो ।

उनीहरुसहित प्रहरीले १७ जना कार्यकर्ताहरु गिरप्तार गरी जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा राखेको छ ।

माओवादीले शुक्रबार गिरप्तार गरिएका आफ्ना नेता कार्यकर्तालाइ ससम्मान रिहाइ गर्न माग गर्दै देश ब्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।