१२ कार्तिक २०८३, बिहिबार

माओवादीले गाउँ निकाला गरेका शरण काजकिरिया भएको सत्र वर्षपछि घर आए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_districtजाजरकोट, ८ चैत । जाजरकोटका एक व्यक्ति घरबाट बेपत्ता भएको १७ वर्षपछि घर फर्कंदा खुसी छाएको छ ।

नायकवाडा गाविस वडा नं २ मैनाका शरण नेपाली काजकिरिया गरेको १७ वर्षपछि घर फर्केका हुन् ।

विसं २०५४ मा मैना गाउँबाट माओवादीले घरबाट निकाला गरेपछि उनी बेपता भएका थिए ।

घरबाट निकाला भएलगत्तै बेपत्ता नेपालीलाई परिवारले सम्पर्कमा नआएपछि मृत्यु भएको ठानी नायकवाडा गाविसको कार्यालयमा मृत्यु दर्तासमेत गरी द्वन्द्वपीडितसहितको रकम लिँदै आएका थिए ।

नेपालीमाथि गाउँका महिलालाई बोक्सीको आरोप लगाउने, स्थानीय मानिसलाई विभिन्न टुनामुना गरी तर्साउने आरोप तत्कालीन माओवादी जाजरकोटले लगाएको थियो ।

उनको गाउँमा स्वागत गरिएको नायकवाडाका प्रेम शाहीले जानकारी दिनुभयो ।

नेपालीले अहिलेसम्म भारत गएर बसेको र देशमा शान्ति भयो भन्ने सुनेपछि बल्ल घर फर्किएको टेलिफोनमार्फत जानकारी दिनुभयो ।

पति घरमा पुग्दा काजकिरिया गरेको मान्छे कसरी आइपुगे भनेर पत्याउन मुस्किल भएको उनकी श्रीमती राधिकाले बताउनुभयो ।