१२ कार्तिक २०८३, बिहिबार

सप्तरीबाट पेडा लिएर आउँदै गरेका गृहमन्त्रीका स्वकीय सचिव घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamसप्तरी, ८ चैत । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सप्तरीको रायपुरस्थित रुपनीमा कार दुर्घटना हुँदा उपप्रधानमन्त्री वामदेव गौतमका स्वकीय सचिवसहित दुई जना गम्भीर घाइते भएका छन् ।

शनिबार राति बरमझियाबाट पेडा लिएर काठमाडौँ जाँदै गरेको बा१झ ८५२४ नंको कार दुर्घटना हुँदा गृहमन्त्री गौतमका स्वकीय सचिव प्युठान जिल्ला निवासी विजयराज विष्ट र कारमै सवार सिरहा पोर्ताहा–५ का अशोक यादव घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

कार स्वकीय सचिव विष्ट आफैंले चलाएर जाँदै गर्दा अचानक टायर पड्किएर दुर्घटनामा परेको बताइएको छ । घाइते दुवैको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।