२९ आश्विन २०८३, बिहिबार

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CRICKET-WC-2015-NZL-WISकाठमाडौं, ७ चैत । विश्वकप क्रिकेट अन्तर्गत अन्तिम क्वाटर फाइनलको खेलमा वेष्टइण्डिजलाई १४३ रनले पराजित गर्दै न्यूजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ ।

विलिङटनमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको गुमाउँदै ३९३ रन बनायो ।न्यूजिल्याण्डका मार्टिन गुप्टिलले विश्वकप क्रिकेटमा दोहोरो शतक हान्दै २३७ रनको योगदान दिएपछि वेष्टइण्डिज पराजित भएको हो ।

३९४ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित ५० ओभरको खेलमा ३०.३ ओभर खेल्दै २५० रन बनाउँदै सबै विकेट गुमायो ।

वेष्टइण्डिजका क्रिस गेलले ६१ रन मात्रै बनाएपछि सेमिफाइनलको यात्रामा पूर्णविराम लागेको हो । यसअघि प्रतियोगितामा अष्ट्रेलिया, भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।