काठमाडौं, ६ चैत । विश्वकप क्रिकेटको क्वाटरफाइनल अन्तर्गत जारी आजको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।
पाकिस्तानले प्रस्तुत गरेको २१३ रनको लक्ष्य अष्ट्रेलियाले ३३.५ ओभर खेल्दै ४ विकेटको क्षतिमा पुरा गर्यो ।
यसअघि पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो । जितसंगै आयोजक अष्ट्रेलिया विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ ।
अब सेमीफाइनलमा अष्ट्रेलिया र भारतबीच भिडन्त हुनेछ ।















प्रतिक्रिया