२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेट : अष्ट्रेलियासामू पाकिस्तानको २१४ रनको लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

209025.3

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गतको २०१५ को क्वाटरफाइनलका खेलमा पाकिस्तानले अष्ट्रेलियालाई २१४ रनको लक्ष्य दिएको छ ।

एडिलेड ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.५ ओभरमा २१३ रनमा अलआउट भयो । पाकिस्तानका लागि ह्यारिसले ४१ रन बनाए । मिसबहले ३४ रन जोडे । मसुदले २९ रन बनाए ।

अष्ट्रेलिया अहिले व्याटिङ गरिरहेको छ ।