– रवि रोषी
दोहा, कतार । आगामी अप्रिल ३ तारिख शुक्रवारका दिन नेपाल र फिलिपिन्सबीच मैत्री फुटबल खेल हुने भएको छ ।
कतार फुटबल एशोसिएसनबाट सम्बन्धन प्राप्त कतारको एक मात्र नेपाली फुटबल टिमका खेलाडीहरु फिलिपिन्ससंग भिड्दैछन् । नेपाली फुटबल टिमका अध्यक्ष संजीव रानाभाटले दिएको जानकारी अनुसार नेपाल र फिलिपिन्सबीचको खेल कतारको समय अनुसार साँझ ५.३० बाट सुरु हुने भएको छ ।
नेपाली दर्शकहरुको थप आकर्षणको लागि लक्की ड्र मार्फत विभिन्न भाग्यशाली पुरस्कारहरुको पनि व्यवस्था गरिएको अल अहली क्लबका बजार प्रबन्धक नासरले बताए ।
यस पटक पहिलो चरणको खेल समाप्ती पछि पुनः नेपाली सांगीतिक प्रस्तुती राखेर खेल तथा संगीत प्रेमी नेपाली दर्शकहरुलाई मनोरञ्जन दिने लक्ष्य रहेको पनि नासरले बताए ।
हाल नेपालबाट कुन कलाकार ल्याउने भन्ने बारेमा निश्चित नभईसकेको र अब केही दिनमै कलाकारको बारेमा पनि जानकारी सबै माझ दिने अध्यक्ष रानाभाटले बताए ।
अल अहली क्लव र अल साद क्लव बीचका लागि लक्ष्यित गरिएको भए पनि नेपाली खेलाडीहरुको खेल विकासको लागि अल अहली क्लवले ठूलो अवसर प्रदान गरेको बताएका छन् ।
हामीले नेपाली दर्शकहरुलाई निशुल्क प्रवेशको साथै विविध नेपाली सांगीतिक मनोरञ्जन प्रदान गरी दर्शकहरुको उपस्थिती माथि न्याय गरेको महसुस गरेका छौं, नासरले थपे ।
उक्त दिन अल अहली क्लव र अल अरबी स्पोट्र्स क्लव बीच दिउँसो ३.१५ पहिलो चरणमा खेल हुने भएको छ भने नेपाल र फिलिपिन्स बीचको मैत्री खेल भने साँझ ५.३० बाट आरम्भ हुने छ ।
















प्रतिक्रिया