काठमाडौं, ४ चैत । दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारदेखि सुरु भएका क्वाटरफाइनलको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको होे ।
अष्ट्रेलियाको सिड्नीमा भएको पहिलो क्वाटरफाइनलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गर्यो ।
श्रीलंकाले प्रस्तुत गरेको १३४ रनको कमजोर लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका क्विन्टन डिककले ७८ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ३७.२ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।
श्रीलंकाका कुमार संगकारा ९६ बलमा ४५ रन बनाएका थिए । लाहिरु थिरिमानेले ४१ र एगेंलो म्याथुजले १९ रन बनाए । दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ विकेट लिए ।















प्रतिक्रिया