काठमाडौं ३ चैत । विश्वकप छनोट चरणका लागि दशरथ रंगशालामा भएको फुटबल खेलमा नेपालले भारतसंग बराबरीमा खेलेको छ । आज दिउँसो ३ बजे सुरु भएको खेलमा नेपालले आक्रमक खेल्यो ।
झण्डै १० हजार घरेलु दर्शकमाझ भारतविरुद्ध उत्रिएको नेपालले आक्रमक प्रदर्शन गरेपनि गोल गर्न सकेन् । यससंगै नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाटै वाहिरिएको छ ।
भारतसंग गोलरहित बराबरी खेलेपनि पहिलो लेगमा २-० को हारले नेपाल विश्पकप २०१८ र एसिया कप २०१९ को प्रारम्भीक छनोट चरणबाटै बाहिरिएको हो ।
भारतविरुद्ध थुप्रै गोल गर्ने मौका पाएपनि नेपाली डिफेण्डरले गोल हान्न सकेनन् । नेपालका कप्तान सागर थापाले खेलपछि आफूहरुले राम्रो खेलेको प्रतिक्रिया दिएका छन् ।















प्रतिक्रिया