३ कार्तिक २०८३, मंगलबार

कालीकोटमा चट्याङ लागेर दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट, २५ फागुन । दुर्गम जिल्ला कालिकोमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आइतबार राति चट्याङ लागेर कालीकोटको फुकोट गाविस- २ मा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा फुकोट गाविस- २ का वर्ष ४० का कृष्णप्रसाद न्यौपाने र वर्ष ५० का प्रेम टमाटा रहेको स्थानीयवासी माधव उपाध्यायले बताउनुभयो ।

उनीहरू गाउँभन्दा चार घन्टा टाढा पर्ने सिप्टी लेकमा स्याउको बेर्ना रोप्नको लागि गएका थिए ।

उनीहरूले विगत पाँच वर्षदेखि स्याउलगायतका बिरुवा उत्पादन गर्दै आएका थिए । प्रहरी चौकी स्युना राजकोटबाट प्रहरी घटनातर्फ गएको प्रहरी चौकी राजकोटले जनाएको छ ।