३ कार्तिक २०८३, मंगलबार

मदिरा सेवन गर्ने पुरुषलाई महिलाले कालो मुसो दल्ने !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kalo-moso1बैतडी, २५ फागुन । बैतडीमा मदिरा सेवनका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेपछि स्थानीय बासिन्दा सचेत हुन थालेका छन् ।

जिल्लामा फैलिँदै गएको मदिरा सेवनको व्यापारले दिन प्रतिदिन मानिसको ज्यान गइरहेको उनीहरुको बुझाइ छ । जिल्ला प्रहरी कार्यालयले मदिराको बिक्री-वितरण रोकथामका लागि प्रयास जारी रहेको जनाएको छ ।

मदिरा नियन्त्रण गर्न गाउँगाउँमा महिला दबाब समूह गठन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रोजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा सञ्चालन गरिएको बस्ती भेटघाटसँगै १६१ महिला दबाब समूहसमेत गठन गरिएका छन् ।

सहर, बजार तथा गाउँघरतिर बढ्दै गएको गुणस्तरहीन मदिराको कारोबारका कारण बैतडीमा मदिरा सेवनका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै जान थालेको हो ।

हालसम्म मदिरा सेवनका कारण ज्यान गुमाउनेको यकिन तथ्याङ्क कुनै पनि संस्थासँग उपलब्ध नभए पनि प्रहरीका अनुसार चालु आर्थिक वर्षको सात महिनामा जिल्लामा कार्यरत चार सरकारी कर्मचारीको अत्यधिक मदिरा सेवनका कारण ज्यान गएको छ ।

जिल्ला मालपोत, विद्युत् वितरण केन्द्र पाटन, पशु सेवा कार्यालय मेलौली र प्रहरी कार्यालयका एक÷एकजनाले अत्यधिक मदिरा सेवनका कारण ज्यान गुमाएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै, दबाब समुहले मदिरा सेवन गरेर होहल्ला गरे कालो मुसो समेत दल्ने तयारी गरेका छन् । कालोमुसो दलेर गाउँ परिक्रमा गराइने समुहले जनाएको छ ।