३ कार्तिक २०८३, मंगलबार

सिरहाबाट अवैध काठ बरामद, तस्कर फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २५ फागुन । वन कर्मचारीको टोलीले आइतबार साँझ सिरहाको गोलबजार नगरपालिकास्थित जङ्गलबाट एक ट्र्याक्टर अवैध काठ पक्राउ गरेको छ ।

तस्करहरूले गोलबजार नगरपालिकास्थित जङ्गलबाट कटान गरी ट्र्याक्टरमा लोड गरेर ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला वन कार्यालय लहान सिरहाका सहायक वन अधिकृत महादेव ठाकुरको नेतृत्वमा खटिएको वन कर्मचारीको टोलीले काठ लोड गरेको ट्र्याक्टर पक्राउ गरेको हो ।

सिसो, आँप र मसला जातको काठ लोड गरेको स.१त. ४०४२ नम्बरको ट्र्याक्टरलाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि कार्यालय ल्याएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्र यादवले जानकारी दिनुभयो ।

ट्र्याक्टरमा कति मूल्यबराबरको काठ रहेको यकिन भइनसकेको सहायक वन अधिकृत यादवले बताउनुभयो । यसअघि पनि पटकपटक सो क्षेत्रबाट काठ पक्राउ परेका थिए ।