रसुवा, २४ फागुन । रसुवा जिल्लामा क्रियाशील पत्रकाहरु मध्ये नेपाल पत्रकार महासंघ रसुवाका कार्यवाहक अध्यक्ष तथा ईन्सेकका जिल्ला प्रतिनिधी हेमनाथ खतिवडा र पत्रकार सरस्वती न्यौपानेलाई स्वास्थ्य अधिकार तथा सरसफाई क्षेत्रमा कलम चलाएको भन्दै जिल्ला परिषद्मा सम्मानित गरिएको छ ।
जिल्ला भर सुआहारा कार्यक्रम सम्बन्धि समाचार प्रतिष्पर्धाबाट पत्रकारहरु मध्येबाट छनौट गरी दुईजनालाई सम्मानित गरिएको हो । जिल्ला विकास समिति रसुवाको २३ औ जिल्ला परिषदमा प्रमुख अतिथि सभासद् जनार्दन ढकालले सम्मानपत्र प्रदान गर्नु भएको हो ।
जिल्ला विकास समितिले जिल्लामा आफ्नो क्षेत्रबाट महत्वपुर्ण योगदान गरेको भन्दै दर्जन ब्यक्तिहरुलाई सम्मानीत गरेको छ ।
















प्रतिक्रिया