१ कार्तिक २०८३, शनिबार

नेपाली आकाशमा अर्को दुर्घटनाको खतरा ! हेर्नुस आकाशमै यस्तो छ ट्राफिक जाम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Flight-Kathmandu2
काठमाडौँको राडारमा देखिएको दृश्य

काठमाडौं, २४ फागुन । नेपाली आकाशमा आइतबार दिनभर हवाइ ट्राफिक जाम भएको छ ।

टर्किस एयरलाइन्सको जहाज दुर्घटनापछि त्रिभुवन बिमानस्थलमा यात्रुहरुको व्यवस्थापन अस्तव्यस्त भएकाले नेपाली आकाशमा ट्राफिक जाम भएको हो ।  काठमाडौँमा अवतरणका लागि पालो पाउनै समय भएपछि न्यूनतम ४५ मिनेटदेखि डेढघण्टासम्म आकाशमै  कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

त्रिभुवन बिमानस्थलको राडारले व्यस्तताका कारण देखाउँदै अवतरण अनुमति नदिएका कारण अधिकांश जहाज आकाशमै होल्ड गर्नुपरेको वायु सेवा कम्पनीहरुले जनाएका छन् । डेढ घण्टासम्म काठमाडौँको आकाशमा फन्को मार्दा समेत पालो नआएपछि इन्धन अभावका कारण यूएईबाट आएको एयर अरेविया र मलेसियाको एयर एसिया भारततर्फ डाइभर्ट भएका छन् । एयर अरेबिया भारतको लखनउ र एयर एसिया कोलकाता डाइभर्ट गरिएको हो ।

त्रिभुवन बिमानस्थलमा आइतबार यात्रुहरुको बाक्लो भीडभाड थियो । पाँच हजार भन्दा बढी यात्रुले बिमानस्थल भरिएको छ भने एक पटकमा आठवटासम्म जहाजहरु अवतरणका लागि पालो कुर्दै आकाशमै होल्ड भएका छन् । विदेशबाट आउने यात्रुले आफ्नो झोला र सामान लिनका लागि समेत सास्ती भोग्नुपरेको छ ।

टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएका बुधबारदेखि बन्द भएको त्रिभुवन बिमानस्थल शनिबारमात्रै खुलेकाले एयरलाइन्सहरुले उडान बढाएका छन् । जसका कारण विमानस्थलमा पार्किङको समेत समस्या भएको छ ।