३ कार्तिक २०८३, मंगलबार

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको ज्यान गयो, एक घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidut-transformer

धनकुटा, २४ फागुन । धनकुटाको वसन्तटारमा विद्युत् प्रवाह भई करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।

अकस्मात् गाउँभर विद्युत् प्रवाह भई करेन्ट लाग्दा वसन्तटार–१ ठाडागाउँकी २५ वर्षीया नीरमाया लामिछाने मगरको मृत्यु भएको हो ।

मोबाइल चार्ज गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएकी मगरको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्युत् प्रवाह हुँदा स्थानीय १५ वर्षीया सानु मगर पनि घाइते भएकी छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

आकस्मिक विद्युत् प्रवाह हुँदा ठाडागाउँका करिब ५० घरमा क्षति पुगेको छ । गाउँका अधिकांश घरमा विद्युत्को मिटर पड्किएको छ ।

त्यस्तै कतिपय घरमा विद्युत्को तारमा आगो लागेको छ भने धेरै घरमा वायरिङ र बत्ती जलेको राजारानी प्रहरीले जनाएको छ । विद्युत् प्रवाह हुनुको कारण भने खुल्न सकेको छैन ।