गुल्मी, २४ फागुन । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं ३ का सभासद् गोकर्ण विष्टले विकास र एमालेप्रतिको जनलहर सँगसँगै अघि बढेकाले यो जनमतलाई सदैव कदर गर्ने बताउनुभएको छ ।
क्षेत्र नं ३ को तेस्रो क्षेत्रीय अविधेशनमा सचिव विष्टले गुल्मी क्षेत्र नं ३ का २८ वटै गाविस जित्ने गरी जुझारु कमिटी गठन हुनुपर्ने धारणा राख्नु भयो ।
यसैगरी गुल्मी जैसीथोक गाविसको पञ्चायन उमाविमा सम्पन्न तेस्रो अधिवेशनले नरेश भण्डारीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । उपाध्यक्षमा जगत खत्री, सचिवमा कृष्ण विक, उपसचिवमा ढालबहादुर केसीलगायत ५३ सदस्य रहेको क्षेत्रीय कमिटी गठन भएको छ ।
अधिवेशनले एमाले क्षेत्रीय कमिटीको आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पनि पारित गरेको छ । रासस















प्रतिक्रिया