३ कार्तिक २०८३, मंगलबार

फेसबुकमा देखाउने सरसफाइको महत्व छैन : मुख्यसचिव पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lila_mani-paudel

चितवन, २४ फागुन । नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले फेसबुकमा फोटो राख्नका लागि मात्रै सरसफाइमा नलाग्न आग्रह गर्नुभएको छ ।

उहाँले अहिले फेसबुकमा फोटो राख्नकै लागि सरसफाइमा लाग्ने जमात बढेको धारणा राख्नु भयो ।

चितवनमा भरतपुर उपमहानगरपालिकाले आज विहान आयोजना गरेको सरसफाई कार्यक्रमको उद्घाटन गर्दै उहाँले जथाभावी फोहर फाल्नेहरुलाई प्रशासनले कैद गर्न सक्ने समेत अधिकार भएको बताउनुभयो ।

उहाँले चितवनका अस्पतालले गर्ने फोहर अझै खतरनाक रहेको भन्दै यसतर्फ सबै गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।