३ कार्तिक २०८३, मंगलबार

हिमपहिरामा हराएका भण्डारी अझै भेटिएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २४ फागुन । गत सोमबार हिउँ पहिरामा परी बेपत्ता भएका देपालगाउँ गाविस–९ का लक्ष्मी भण्डारी अझै भेटिएका छैनन् ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी भए पनि हालसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

हिउँपहिरो धेरै गएकाले खोजीमा कठिनाइ भएको सेनाले जनाएको छ ।

निमित्त प्रजिअ विष्णुप्रसाद न्यौपानेको नेतृत्वमा गएको ३० जनाको टोलीले घटनास्थलमा पुगेर खोजअनुसन्धान गर्दा पनि बेपत्ता भण्डारीलाई भेटाउन नसकेको बताइएको छ ।

तालिमप्राप्त नेपाली सैनिक र प्रहरीद्वारा बेपत्ता भण्डारीको खोजी जारी रहेको छ ।

खोजीमा देपालगाउँका बासिन्दाले पनि सहयोग गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।