२९ आश्विन २०८३, बिहिबार

सामूहिक बलात्कार पीडितका अभिभावक नै हेर्न चाहन्छन् छोरीमाथिको वृत्तचित्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Documentry

नयाँ दिल्ली, २१ फागुन । भारतको राजधानी नयाँ दिल्लीमा सामूहिक बलात्कारका कारण ज्यान गुमाएकी युवतीका पिताले सो घटनालाई लिएर बनाइएको वृत्तचित्रको सबैले अवश्य हेर्नुपर्ने बिहीबार बताएका छन् ।

सन् २०१२ को डिसेम्बर १६ का दिन नयाँ दिल्लीमा २३ वर्षीया एक विद्यार्थीमाथि सामूहिक बलात्कारको लजास्पद अपराध भएको थियो र यसैका कारण उनको ज्यान गएको थियो ।

बिबीसीले गत बुधबार नै प्रसारण गरेको सो वृत्तचित्र भारत सरकारले भने प्रतिबन्ध लगाएको छ । सामूहिक बलात्कारमा संलग्न एक अपराधीको अन्तरवार्तासमेत सामिल रहेको वृत्तचित्र भारतको एक अदालतद्वारा आदेश जारी गरी प्रसारणमा प्रतिबन्ध लगाएको हो ।

तर पिडितका पिताले भने यस वृत्तचित्रलाई सार्वजनिक रुपमा प्रस्तुत गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

‘प्रत्येक व्यक्तिले अवश्य सो चलचित्र हेर्नुपर्छ’ भारतीय समाचार च्यानल एनडीटिभीले पीडितका बाबुको भनाइलाई उद्धृत गर्दै आफ्नो वेभसाइटमा जनाएको छ ।

त्यसैगरी पीडितका आमाले पनि एनडीटिभीलाई अन्तर्राट्रिय महिला दिवसका दिनमा बिबीसीद्वारा प्रसारण गरिने भनिएको सो वृतचित्र प्रसारणमा आफ्नु कुनै प्रतिवाद नभएको जनाएकी छिन् ।

सरकारले यस वृत्तचित्र प्रसारणमा लगाएको प्रतिबन्धप्रति आफूलाई कुनै सरोकार नभएको यस वृत्तचित्र प्रसारणलाई कोही पनि डराउनु नपर्ने उनले बताएकी छिन् ।

विभिन्न पुरस्कार विजयता बेलायती चलचित्र निर्माता लेस्ली उडवीनद्वारा निर्मित सो वृत्तचित्रले भारतभरि विवाद खडा गरेको छ । रासस/एएफपी