२९ आश्विन २०८३, बिहिबार

२९ जना तालिवान लडाकुलाई आफगान सैनिकले बन्दुकले उडायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Isi-ladaku

काबुल, २१ फागुन । अफगानिस्तानमा भएको पछिल्लो कारबाहीका क्रममा कम्तिमा २९ जना तालिवान मारिएका छन् ।

अफगान प्रहरी, सेना र राष्ट्रिय सुरक्षा निर्देशनालयको समेत सहभागितामा त्यहाँका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ ।

गत २४ घन्टामा अफगानिस्तानका नान्गार, ठकार, सारी पुल, बाल्ख, कान्दाहार जाबुल उरुज्गान, वार्दाक, लोगार, गजनी, पाक्टिया र हेलमान्ड प्रान्तहरुमा गरिएको कारबाहीका क्रममा २९ सशस्त्र तालिवानी आतङ्ककारी मारिनुको साथै अन्य १८ जना घाइते भएका अफगान गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सो मन्त्रालयका अनुसार उक्त कारबाहीका क्रममा अरू तीनजना तालिवान पनि पक्राउ परेका छन् ।

यस कारबाहीका क्रममा अफगान सुरक्षाबलले विभिन्न हातहतियार कब्जा गर्नुका साथै सुरक्षाबलतर्फ भने कोही सदस्य हताहत नभएको जानकारी दिइएको छ ।

अफगान सरकारसँग युद्धरत तालिवानी आतङ्ककारी समूहले यस कारबाहीको कुनै टिप्पणी गरेका छैनन् ।