२९ आश्विन २०८३, बिहिबार

होली पर्वमा विद्युत लाडसेडिङ नहुने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdiनयाँदिल्ली, २० फागुन । हिन्दुहरुको महान चाड होली पर्वका अवसरमा २४सैं घण्टा विद्युत आपूर्ति हुने भएको छ । जनतालाई राहात दिन युपी सरकारले होली पर्व अवधिभर लोडसेडिङ नगर्ने निर्णय गरेको हो ।

नेपालको राजधानीमा समेत २४ घण्टामा ८ घण्टा पनि विद्युत आपूर्ति नहुने समस्या भइरहेका बेला छिमेकी देश भारतमा जनताको सुविधाका लागि भन्दै २४सैं घण्टा विद्युत आपूर्ति गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

युपी पावर कॉर्पोरेशन प्रबन्धनले होलीको अवसरमा पूरै प्रदेशमा विद्युत आपूर्ति बढाउने निर्णय गरेको हो । विजुलीको माग बढेकाले अतिरिक्त विद्युत खरिद गरेर यूपीलाई लोडसेडिङ मुक्त बनाउन लागिएको हो ।

यूपीको शक्ति भवनमा प्रमुख अधिकारीहरुबीच भएको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । ५ सय मेघावाट विद्युत खरिद गर्ने सम्झौता भइसकेको छ । बुधबारदेखि यूपीमा २४सैं विद्युत आपूर्ति हुन लागेको हो ।

भारतले होलीमा जनतालाई विशेष सहुलियत दिएपनि नेपाका अधिकारीले जनताको सेवामा कुनै चाँसो देखाएका छैनन् ।