काठमाडौं, २० फागुन । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच राजनीतिक गतिरोध अन्त्यका विषयमा परामर्श भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा संविधान लेखनमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव चुणमणि खड्काले जानकारी दिनुभयो ।
‘संविधान लेखन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा उहाँहरूबीच छलफल भएको हो’, दाहालाई उदृत गर्दै खड्काले भन्नुभयो, ‘दलहरूका बीच छलफल गरेर निकास निकाल्ने सहमति भएको छ ।’
प्रमुख विपक्षी दल एमाओवादीले विभिन्न दलहरूलाई समेटेर सहमतिमा संविधान निर्माण गर्ने भन्दै सडक आन्दोलन थालेपछि कांग्रेस र एमालेले उनीहरूलाई मनाउन छलफल गर्दै आएका छन् ।
प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालको आजको राजनीतिक परामर्शसँगै गतिरोध अन्त्यमा महत्वपूर्ण सहयोग मिल्ने खड्काले उल्लेख गर्नुभयो ।















प्रतिक्रिया