११ कार्तिक २०८३, बुधबार

लोमान्थाङबाट सात पर्यटकको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lomanthanमुस्ताङ, २० फागुन । तीन दिनदेखि निरन्तरको हिमपातले जिल्लाको लोमान्थाङमा अलपत्र परेका सात पर्यटकको मङ्गलबार दिउँसो उद्धार गरिएको छ ।

मनाङ एयरको हेलिकप्टरमार्फत तीन विदेशी र चार नेपालीसहित सातजनाको उद्धार गरिएको हो ।

उनीहरुलाई उद्धारपछि सिधै काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

उद्धार गरिएका विदेशीमा दुई जर्मनी र एक इटालियन नागरिक रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पाठकले जानकारी दिनुभयो ।

उनीहरुको पहिचान भने हुन सकेन, उनीहरु एक हप्ताअघि कागबेनीबाट लोमान्थाङ छिरेका थिए, प्रनाउ पाठकले भन्नुभयो, “भ्रमण सकेर फर्कने क्रममा हिउँ परेपछि उनीहरु अलपत्र भएका थिए ।”

ती पर्यटकलाई दुई वटा हेलिकप्टरबाट उद्धार गरिएको बताइएको छ ।

मौसम सुरु नहुँदै ती पर्यटक लोमान्थाङ जाँदा समस्या उत्पन्न भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो ।

“उनीहरु एकदमै जोखिम मोलेर गएका थिए, अहिले उद्धार भएपछि राम्रो भयो, उहाँले भन्नुभयो । भारी हिमपातमा परी मुस्ताङमा दुई जनाको मृत्यु भइसकेको छ ।